गोकर्ण पाण्डे:गुल्मी।अर्घाखाँचीका कलाकारहरुले अर्घाखाँचीको मौलिक गित लाई तिज गितको रुपमा बजारमा ल्याएका छन । बिसाल रायमाझीको लय शब्द संयोजनमा तयार पारिएको यो तिज गितमा अर्घाखाँची जिल्लाका कलाकारहरुले स्वर दिएका छन । बिशाल रायमाझी युट्युव च्यानलबाट सार्वजनिक भएको उत्त गितको भिडियोमा एलिना रायमाझी,सन्ध्या क्षेत्री,सन्तोस परियार लगायतका कलाकारलाई देख्न सकिन्छ
सिक्री घाँटीमा’ बोलको उक्त गीतमा विशाल आफैंले शब्द तथा लय बनाएका छन् भने पुरुष स्वर उनके सुन्न सकिन्छ । विशालसँगै उक्त गीतमा मञ्जु गुरुङ, जमुना सनम, हरिमाया रायमाझी, सम्झना लामिछाने, सुनितामी परियार, कल्पना श्रीपाल, मैना मगर, सलिना नेपाली, सर्मिला रायमाझी, डोल्मा लामिछाने, रेनुका भट्टराई र मञ्जु भट्टराईको स्वर सुन्न सकिन्छ । निर्मला गुरुङ, दिया नेपाल, बिन्दु बिहानी, सम्झना रनपाल, बसन्ता खनाल, दीपा लामिछाने, राधा राना मगर, सब्बु सरगम, वर्षा थापा, सपना घर्ती मगर, निर्मला पन्त र विश्वास नेपालको स्वर सुन्न सकिन्छ ।
भिडियोको कोरियोग्राफी नायिका एलिनाले आफैं गरेकी छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोको निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका छन् ।
गितकाे भिडियो सहित