About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
अनेरास्ववियु प्रदेश स्तरीय बैठक कपिलवस्तु मा !

दुर्गा प्रसाद काफ्ले बिहिबार, साउन ११, २०८० मा प्रकाशित

featured photo: Darpanpost

चन्द्रौटा कपिलवस्तु
साउन १० गते बुधबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी प्रदेश कमिटीकाे दाेस्राे पूर्ण बैठक कपिलवस्तुमा सुरु भएको छ । अनेरास्ववियु केन्द्रीय सचिव बिनिता काफ्लेकाे प्रमुख आतिथ्यतामा प्रदेश कमिटीको बैठक सुरु भएको हाे ।

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु प्रदेश कमिटीकाे दाेस्राे बैठक सिद्धार्थ क्याम्पस जीतपुरमा राखिएकाे छ । उक्त बैठक बुधबार र बिहिबार गरि दुई दिनसम्म चल्ने आयाेजकले जनाएकाे छ ।अनेरास्ववियुले समसामयिक राजनैतिक गतिविधि र आगामी दिनका याेजनाहरु निर्माण र कार्यान्वयन गरिने प्रदेश कमिटीले जनाएको छ ।

अनेरास्ववियुलाई प्रदेशमा अझ सशक्त ढङ्गले अगाडी बढाउन प्रदेश स्तरीय बैठक राखिएको प्रदेश कमिटी अध्यक्ष सन्ताेष बाठा मगरले जानकारी दिए । विद्यार्थीकाे हकहितका लागि शैक्षिक मुद्दाका विषयहरुकाे बहस तथा छलफललाई प्राथमिकताका साथ याेजनाबद्ध रुपमा अगाडी सार्ने लगायत विषयकाे बारेमा बैठकमा छलफल हुने बताइएको छ!
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेलले अब संगठनले गति लिन आवश्यक रहेको बताउदै पार्टीको सिद्धान्त र विचारलाई गहन रुपमा अध्ययन गर्न जरुरी रहेकाे उनको भनाई छ । उनले संगठनकाे लक्ष्य अनुसार हिड्न सके मात्र राजनैतिक हिसाबले सामाजिक परिवर्तन र देशमा विकास हुने जिकिर गरे । समृद्ध देश निर्माण गर्न एमालेले विचारलाई शान्तिपूर्ण रुपमा अगाडी सार्नुपर्नेमा जाेड दिइएको थियो !

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य झबिलाल पाेख्रेलले संगठन विस्तारलाई निरन्तरता दिँदै अनेरास्ववियुलाई मजबुत बनाउनुपर्ने बताए । उनले विद्यार्थीले सिर्जनात्मक कार्यमा जाेड दिनुपर्ने बताउँदै संगठनका सबै पदाधिकारीहरुले क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन !

बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटीका स्थायी सदस्य टुकलाल गैरे, केन्द्रीय पुर्व सचिव श्याम प्रजापति लगायत मन्तव्य रहेको थियो ! कपिलवस्तु जिल्ला कमिटीका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे आयोजकले जनाएको छ !

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com