स्व ईश्वरी प्रसाद भुसालको सम्झनामा दोस्रो स्मृति अबसरमा २०८०/०४/१० गतेका दिन नेपाल कम्युनिस्ट पार्टी एमाले सनपा ८ को वडा कमिटी अध्यक्ष दिपक कुमार सुनारको अध्यक्षतामा उहाँ ३४ वर्ष अध्यापन गराएको स्कुल जनता कृष्ण मा वि पकलेमा प्रमुख अतिथि केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र छेत्रीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम ! स्व ईश्वरी प्रसाद भुसाल श्रीमती जयकला भुसाल ,छोरी शिला भुसाल मरासिनी , छोरा जुन भुसाल साथै अतिथी सन्धिखर्क नगरपालिका उप प्रमुख मिश्रा आचार्य, जनार्दन खनाल , सरोज भुसाल ,श्रीकृष्ण भुसाल, बिष्णुमाया आचार्य , नारायण प्र आर्यल , दिपा आचार्य , देवि थापा,कमला खनाल भण्डारी ,जनक बस्याल, प्रभा पोख्रेल ,पार्वता श्रेष्ठ ,पवित्रा बन्जाडे, मनकला भुसाल साथै वडा कमिटी सम्पुर्ण कमरेड साथै स्थानीयको उपस्थितमा सन्चालन भयो !
स्व ईश्वरी प्रसाद भुसालको बारेमा प्रमुख अतिथीले उहाको बारेमा प्रष्ट पार्दै भन्नू भयो उहाँ जहाँ जस्तो अबस्थामा पनि रहन्न सक्ने कसैसग नरिसाउने र सबै जनतालाई आफ्नो परिवार सरह नै व्यवहार गर्ने ब्यक्ति भनेर उहाँलाई चिनिने गरेको बताउनु भयो ! वडा अध्यक्ष भए पश्सात पनि यहाको जनताको मन मनमा रहन सफल उहालाई हामिले गुम्माउनु पर्दा हामी दुखित छौ भन्दै आफ्नो मन्तव्य राख्नु भयो !
यसै गरि उहाको छोरा श्री जुन भुसाले दोश्रो स्मृति कार्यक्रममा वडा कमिटीले कार्यक्रम राखेकोमा धन्यवाद दिदै बुबा बाट हुन्न बाही रहेका काम पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने र यहाँको जनताको सुखदुःख सग सगै रहने बताउनु भयो ! सगै जनता कृष्ण मा वि स्कुल परिसरमा फुलहरु लगाई कार्यक्रम सप्पन्न गरियो !