About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
छुवाछूत विरुद्ध अभियान नेपाल को प्रथम बैठक सम्पन्न

दुर्गा प्रसाद काफ्ले सोमबार, साउन ०८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

चन्द्रौटा कपिलवस्तु
८ साउन सोमबार

छुवाछूत बिरूद्ध अभियान नेपालको प्रथम सचिवालय बैठक विभिन्न निर्णय गर्दै आइतबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपालमा भएको जातीय हरण छुवाछूत भेदभाव जस्ता अमानवीय जघन्य अपराधलाई अन्तर्राष्ट्रियकरण बनाउने यद्वेश्यका साथ गठित छुवाछूत बिरूद्धको अभियानले विभिन्न महत्त्वपूर्ण निर्णय सहित बैठक सम्पन्न गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष कर्णबहादुर बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरि जिम्मेवारी समेत प्रदान गरेको छ ।

जसमा संगठनको बिभाग प्रमुखमा नेमनारायण हरिजन (लुम्बिनी), सचेतकमा रामजी घताने (गण्डकी), सह–सचिवमा करवीर लोहार (कर्णाली), लुम्बिनी प्रदेश संयोजकमा शिव बहादुर बिश्वकर्मा –प्रचारप्रसार बिभागमा केशव बहादुर सुनार र तिलकराज धेत्माल रहेका छन् भने कानुनी परामर्श बिभागमा नेमनारायण हरिजनलाई जिम्मेवारी तोकिएको महासचिव भुवन नगरीले जानकारी दिए ।

प्रथम बैठकले नेपालमा भएका विभिन्न आन्दोलनबाट राजनितिक परिवर्तन पश्चात् संविधान लेखनमा समेत जातीय विभेद, छुवाछूत अन्त्य हुन नसकेकाले नेपालमा जातीय मुक्त गर्दै दलित जातिका हक, अधिकार सुनिश्चित हुनुपर्ने माग सहित दलित मुक्ति अभियान देशभर संगठन बिस्तार गर्दै जाने अति महत्वपुर्ण निर्णय गरिएको बैठकले जनाएको छ ।

दलित जातिलाई राज्यले दोस्रो दर्जाको रूपमा हेरेको भन्दै अभियानले मनोवादी राज्य ब्यवस्थाले सदैव छुवाछूत, सामुदायिक अन्तरविरोध जस्ता बिषलाई उठान गरि अन्तराष्ट्रिय स्तरमा समेत दवाव दिने उदेश्यका साथ यो अभियान शुरू गरिएको अध्यक्ष बिश्वकर्माले बताए ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com