About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
एसईई २०७९ मा आदर्श मावी खोखरपुरा सरावल गाउपालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल रहेको विद्यालयको दाबी,

बिमल भट्टराई शुक्रबार, आषाढ २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पश्चिम नवलपरासीको सरावल १ मा अवस्थित आदर्श मावी खोखरपुराले एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिसर खोखरपुरामा आयोजित एसईई सम्मान तथा उज्जवल भविष्यको शुभकाना कार्यक्रममा ती विद्यार्थीहरुलाई सम्मान गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगदिश प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्नु प्रसाद भटराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्राईले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै जिवनमा मेहनत गर्न कहिल्यै छोड्न नहुने धारणा राख्नु भएको थियो । साथै उहाँले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हुदा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताउनुभयो । सो अवसरमा विद्यालयका प्रअ देव नारायण चौधरी, शिक्षक तेज नारायण पाण्डे, समतबरेज अलि, दिलिप तिवारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने सरावल गाउपालिकामै सर्वोत्कृष्ट अंक प्राप्त गरेकी यस आदर्श मावी खोखरपुरामा अध्ययनरत छात्रा निलम कुमारी गुप्ताले बर्षभरि विभिन्न सिकाईका माध्यमबाट सहयोग पुर्याउनुहुने, शिक्षक, शिक्षिका, गुर, आमा बुवा, विद्यार्थी लगाएत सम्पुर्णमा धन्याबादज्ञापन गरेकी थिइन । आदर्श मावी खोखरपुराले सरावल गाउपालिकामा सञ्चालित सामुदायिक र निजि विद्यालयहरु मध्य एसईई २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेको छ ।

 

अब्लल भौतिक पुर्वाधार रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर पनि अब्बल रहेको हुदा उक्त नतिजा हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।

 

एसईई २०७९ सालको परिक्षामा प्राविधिक तर्पm ४६ जना विद्यार्थी सहभागि भएकोमा न्युनतम २.२ देखी अधिकत ३.७६ जिपिए ल्याई ४६ जनानै पास भई कक्षा ११ मा भर्ना हुन पाउने भएका छन । त्यस्तै साधारण तर्फ सहभागि भएका ३१ जना विद्यार्थीहरुले ३.३५ जिपिए सम्म ल्याउन सफल भएको विद्यालयले जनाएको छ । २०१० मा स्थापना भएको यस विद्यालयमा हाल विभिन्न धार गरि ७ सय ५३ जना अध्ययनरत रहेका छन । उक्त कार्यक्रमको सञ्चालन शिक्षक ज्ञान प्रसाद भट्राईले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com