About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बर्दघाट नगरपालिकाको वडा नम्बर नौ बालमैत्री घोषणा

प्रकाश न्याैपाने शुक्रबार, आषाढ २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

असार २९ गते
नवलपरासी । बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ । १६ वटा वडा रहेको नगरमा ” बालबालिकामा लगानी ल्याउछ सुनौली विहानी” भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिकामै पहिलो बालमैत्री वडा घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका भोलिका कणदार मात्रै नभई आजका साझेदार भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ-” बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्छ ।” स्थानीय तहका कार्यक्रममा बालवालिकाको सहभागी गराउदा विधि शासन र सुसासन युक्त शासन हुने पाठकको भनाइ रहेको छ ।बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका बिषयमा योजना बनाउदा अभिभावकले नै विशेष ध्यान दिन जरुरी रहेको उहाले बताउनु भयो ।

जिल्ला समन्वय समिति संयोजक भौगती प्रसाद यादवले पश्चिम नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताउनु भयो । उहाँ भन्नुहुन्छ-“बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा बालमैत्री घोषणा उन्मुख रहेका छन ।” बालबालिका विरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन बर्दघाट नगरपालिका लाग्नुपर्ने र यसमा सबै नगरबासी सहयोग गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बालमैत्री स्थानीय शासनको पहिलो कदमको रुपमा वडा नम्बर ९ बाट सुरुबात भएको बताउनु भयो । उहा भन्नुहुन्छ-” बर्दघाट नगरले दुइ बर्ष भित्रमा बालमैत्री नगर घोषणा गर्ने तयारीका साथ अघि बढेका छौं ।” नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालमैत्री घोषणासंगै दिगोपन र निरन्तरताका लागी सबैको सहयोगको आवश्यक पर्ने बताउनु भयो ।
२०७६ देखी बालमैत्री अभियान सुरु गरेको वडामा ५ वटा टोल ६ सय ६२ घर धुरीमा ३ हजार एक सय ८२ जनसंख्या रहेको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो ।

वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ ।

नवलपरासीका सुनवल र रामग्राम नगरपालिका बालमैत्री घोषणा भइ सकेका छन । कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटा, इन्द्रणी सामाजिक बिकास मञ्चका कार्यकारी प्रमुख बद्री प्रसाद सुबेदी, राजा माबीका पुस्पराज अधिकारी, बालमैत्री सहजकर्ता शर्मीलालगायतले बोल्नु भएको छ । बडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता स्थानीय वडा समितिको तर्फबाट प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो ।

बाल मैत्री वडा घोषणा गर्नमा विभिन्न तबरबाट सहयोग गर्ने आमा समुह, क्लब, टोल विकास सस्था, लगाएतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा राष्ट्रिय कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा)को प्रस्तुति रहेको छ । वडा बाल सन्जालकि अध्यक्ष सृष्टि खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बालबालिका फोकल पर्सन बाबुराम तिमिल्सिनाले गर्नु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com