About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
पिसिसी ढलान भत्किएकाले रकम कट्टा

दुर्गा प्रसाद काफ्ले बिहिबार, आषाढ २८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

निर्माण सम्पन्नपछि भत्किएको पिसिसी ढलानको रकम कट्टा गरिएको छ । पिसिसि भत्किएपछि पालिकाले कामको मुल्यांकन गरि रकम कट्टा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको विजयनगर गाउँपालिकामा उपभोक्ता समिति मार्फत देवीपुर र डालपुर जोड्ने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुबै छेउ पिसिसि ढलान बजेट विनियोजन गरिएको थियोे ।
कल्भर्ट स्ल्याव र पिपिसी ढलानका लागि गाउँपालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो । निर्माण गरेको पिसिसि भत्किएपछि पालिकाले मुल्याङ्कन गरी २ लाख ६४ हजार ६ सय २५ मात्र भुक्तानी गरिएको छ ।

पिपिसि गरिएको संरचना भत्किएपछि सामाजिक सञ्जाल र मिडियामा मिथ्या सूचना फैलिएको छ । तर पालिकाले बिग्रिएको कामको रकम कट्टा गरेको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । सो सडक वडा नम्बर ५ मा देवीपुर कृषि सडक अन्तर्गत निर्माण गरिएको थियो । कल्भर्टको स्ल्याव निर्माण र पिसिसि ढलान गरिएको हो ।

वडाको करिब आधा दर्जन वस्तीका बालबालिकालाई विद्यालयसम्म पुग्ने बाटोमा कल्भर्ट नहुँदा सास्ती खेप्दै आएका स्थानीयले बताए । वर्षातको समयमा स्थानीय लगायत विद्यार्थीहरु फड्केबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो । खोलाको दुबै छेउमा वाल निर्माण भएपनि स्ल्याव निर्माण हुन सकेको थिएन ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com