About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
माण्डवीको चालू आ.व २०७९/०८० को वित्तीय प्रगति ८४.०६ प्रतिशत

टाेपराम केसि मंगलबार, आषाढ २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

प्युठानको माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ।चालू आर्थिक वर्ष २०७९/०८०को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि लेखाङ्कन कार्य हिजो दिउँसो ३:०० वजे देखि बन्द गरिएको जनाउँदै गाउँपालिकाले वित्तीय प्रगति सार्वजनिक गरेको हो।गाउँपालिकाले जारी गरेको सुचना अनुसार सो आर्थिक वर्षमा चालू तर्फ विनियोजन गरेको रकम मध्ये रु.२७,०३,८७,००० अर्थात ८४.८९% र पुजीगत खर्च तर्फ विनियोजन रकम मध्ये रु.११,४१,९५,०००अर्थात ८२.१५ % वजेट खर्च भएको छ।यस्तै समग्रमा कुल विनियोजित वजेट रकम रु.४५,७४,७५,००० मध्ये रु.३८,४५,८२,००० अर्थात् ८४.०६ % विकास बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र आर्थिक तथा प्रशासन प्रमुख माधव केसी द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।साथै चालू आर्थिक वर्ष २०७९/०८०को वजेट नीति तथा कार्यक्रम सफल रुपमा कार्यान्वयनमा सहयोग गर्ने निर्वाचित जनप्रतिनिधि ,कर्मचारी,संघसंस्था तथा सरोकारवाला सवै प्रति गाउँपालिकाले हार्दिक आभार समेत व्यक्त गरेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com