About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
अभद्र ब्यावहार भएको भन्दै कर्मचारी हरु आन्दोलन मा !

दुर्गा प्रसाद काफ्ले बुधबार, आषाढ २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तुको बिजयनगर गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । पालिकाका सब-इन्जिनियर शिव कुमार बढई माथि दुर्व्यवहार भएकाेभन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले बुधबार हातमा कालाेपाट्टी बाँधेर नाराबाजी गर्दै पालिकाकाे कार्यालय अगाडि आन्दोलन गरेका छन् ।
आन्दोलनरत कर्माचार्यले गाउँपालिकाकाे अति आवश्यक सेवा बाहेक सबै सेवा प्रवाह समेत ठप्प गरेका छन् ।

कालोपत्रे सडक निर्माण गर्ने क्रममा इन्जिनियर बढईलाई अभद्र शब्द, गालीगलाैज गरि हातपातसमेत गर्न खाेजिएकाे भन्दै कर्मचारी अन्दाेलनमा उत्रिएकाे जनाइएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हरिहर बेल्बासेका अनुसार वडा नम्बर-३ स्थित मिलनचाेकदेखि अमलहवा जाेड्ने सडक कालाेपत्रे अनुगमन जाँदा सब- इन्जिनियर बढईमाथि अभद्र व्यवहार भएकाे थियाे ।

गत मंगलबार दिउँसो करिब ३ बजे बढईले सडक निर्माणका क्रममा जाँदा स्थानीय दिनानाथ चाैधरीकाे नेतृत्वमा कल्हैया लाल चाैधरी सहितकाे समूहले बढईलाई दुर्व्यवहार भएकाे दावी गरिएको छ । कर्मचारीमाथि भएकाे दुर्व्यहार निन्दनीय भन्दै दाेषीलाई कारवाहीकाे मागसमेत गरेका थिए ।

गाउँ पालिका अध्यक्ष गाेपाल बहादुर थापाले कर्मचारीलाई काममा फर्कन आग्रह गर्दै घटनाबारे छलफल गरि घटनाको प्रकृति हेरी टुङ्गो लगाउने बताए । यस्तै दाेषी फरार रहेकाे बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com