About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
देवदहमा आधारभूत स्काउट तालिम सम्पन्न

रमेश शर्मा सोमबार, आषाढ १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही। स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट तालिमले विद्यार्थीलाई अनुशासनमा कायम राख्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रमुख अतिथि समेत रहेका खरेलले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गरेका थिए ।
नगर प्रमुख खरेलले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।
सोही कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र नगर शिक्षा अधिकारी टिकाराम शर्मालाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो।
नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, कोर्ष लिडर दावा शेर्पा लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा शेर्पा र काउन्सिलरहरु छबिलाल कंडेल, बिक्की डुम्रे, पुकार ढकाल रहेका थिए ।
समापन कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजकाे अध्यक्षता र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com