About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बिद्यालयले पनि मनायो धान दिवस

दुर्गा प्रसाद काफ्ले शनिबार, आषाढ १६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कृषिप्रधान देश भएकोले पनि सरकारले बिगत २०बर्षदेखि असार १५लाई धान दिवसको रूपमा मनाउदै आइरहेकाे छ। मानाे राेपेर मुरी उब्जाउने यस दिनलाई हिलो खेल्दै दहि चियूरा खाँदै ,धान राेपेर मनाउने परम्परालाई आत्मसाथ गर्दै कपिलवस्तु नगरपालिका वडा न.९कुस्मा क.ब. मा रहेको बुद्ध शान्ति इङलिस बोर्डिङ स्कुल कुस्मा ले पनि असार १५लाई बिशेष पर्वकाे रूपमा मनाएको छ। बिद्यालयले अध्ययनरत बिद्यार्थी , अभिभावक , आगन्तुक,शुभेच्छुक हरूलाई बिद्यालयमै दहि चियूरा खुवाएर मनाएको हाे । त्यसाे त असार १५लाई सरकारमा रहेका मन्त्रीहरू र पार्टीका नेता कार्यकर्ताहरूले आधुनिकता नाममा फाेटाे खिचाउने ,रमाइलो गर्ने किसानहरूलाई आफ्नाे नाटक प्रदर्शन गर्ने जस्ता आदी रूपमा मनाउने गरेको पाइन्छ । नेपाल ३०बर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो भने खाद्यान्न निर्यात कम्पनीले निर्यात गरि सरकारलाई राम्रै राजस्व बुझाउदै देशलाई अर्थतन्त्रमा मजबुत बनाएको थियो , आज नेपालकाे स्थिति खाद्यान्न आयतले ब्यापार घाटा बढदाे छ। साथै नेपालका झन्डै ९६प्रिशत धानको बिऊ समाप्त भए ,तर ४प्रतिशत पनि फिलिपिन्सकाे जिनबैंकमा रहेको सरकारी डाटाले भन्छ। नेपालमा मौलिक रैथाने चैते धान ,बर्पे धान घैया धानको खेती हुँदै आएकाे हाम्रा मौलिक रैथाने धानहरू मासिदै जानाले कृषि क्षेत्रमा व्यापक हानिकारक बिषादी प्रयास भइरहेको र जमिनमा हानिकारक बीस दिनप्रतिदिन बढदै गईरहेकाे छ , यसले कति हानिकारक -कस्तो असर गर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ।दिनप्रतिदिन खेतियाेग्य जमिन प्लटिङ्ग भइरहदा नेपालीहरूकाे सीप,परिश्रम बिदेशी भुमिमा खेर गइरहेको छ। भने अर्काेतिर खेति गर्ने समयमा किसानले मल,बीउ पाउदैनन् र मल पनि सिमित ,बिपरित तरिकाले बितरण गर्ने गरेको छ। यदि युवाहरूलाई देशकै कृषि क्षेत्रमा राेजगारी दिएर उनिहरूलाई कृर्षिमा लाग्न प्राेत्साहन गर्ने हाे भने नेपालमा मात्रै नभइ अन्य देशमा पनि हाम्रो उत्पादन निर्यत गर्न सकिन्छ जसले गर्दा खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बिद्यालयका प्र.अ.नारयण पौडेलले बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com