About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
बाझिएको १५० रोपनी भन्दा वढी उर्वर जमिनमा सामुहिक सुन्तला खेति सुरु

टाेपराम केसि बिहिबार, आषाढ १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी।
´´समुन्नत रेसुङ्गा हाम्रो सान,उत्कृष्ट नगर सवैको पहिचान´´भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा न. :-४, अर्खलेमा लामो समय देखि बाझिएको करिब १५० रोपनी भन्दा बढी उर्वर जमिनमा सामुहिक सुन्तला खेती सुरु गरिएको छ। कृषि ज्ञान केन्द्र गुल्मी र रेसुङ्गा नगरपालिकाको संयुक्त सहयोगमा सामुहिक सुन्तला खेती सुरु गरिएको हो। चाक्लाबन्दि गरि सामुहिक व्यवसायीक सुन्तला खेती गर्न लागिएको स्थानमा आज वृक्षरोपण दिवसको अवसरमा सुन्तलाका बिरुवा रोपण गरिएको छ। करिब ३००० भन्दा बढी विरुवा रोपि व्यावसायिक सुन्तला खेतीमा लागेका कृषकहरु प्रती रेसुङ्गा

 

नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगाएतले उच्च सम्मान सँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै वृक्षारोपण समेत सरिक हुनु भएको थियो। रेसुङ्गा नगरपालिकाले स्थानीय सरकारको भुमिकामा पौरखी कृषकहरुलाई गर्नुप र्ने सम्पुर्ण सहयोग र समन्वय गर्न तत्पर रहेको नगर प्रमुख पन्थीको दावी छ। अबको समय उद्यमशिलता र उत्पादनको भएकाले नगरपालिकाले भौतिक विकासलाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेकोे छ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com