About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
जनप्रतिनिधि र पत्रकारको उपस्थितीमा सकियो पाल्हीनन्दनको सार्वजनिक सुनुवाइ

गौरी शंकर जैसवाल बिहिबार, आषाढ १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पाल्हीनन्दन गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम जनप्रतिनिधि, कर्मचारीहरू र विद्यार्थीकाे सहभगितामा मंगलवर सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा पाल्हिनन्दन गाउपालिकाका १ देखी ६ नम्बर वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, पत्रकार र विद्यार्थी गरि करिव ६० जनाको उपस्थितिमा सुनुवाइ सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम सराेकारवाला र स्थानीयबासीकाे सहभागीता हुनुपर्ने तर सिमित ब्यक्तिहरुको सहभागीमा गाउँपालिकाको सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षसंग मिडिया सम्बाद र सार्वजनिक सुनुवाइ कार्यक्रम रामग्राम प्रेस क्लब परासीले जिम्मा पाएकाे थियो । अध्यक्षसंग मिडिया सम्बाद र सर्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी मात्र सहभगितामा भएकाे देखिए पछि सामाजिक संन्जालमा गाउँपालिकाकाे आलोचना भएकाे छ ।

सामाजिक संन्जालमा सार्वजानिक सुनवाईमा आसान ग्रहण गर्ने को संख्या बढ़ी देखिन्छ त ,फोटोमा स्थानीय आम नागरिकको उपस्थिति देखिदैन ,सभा कक्षा रहेको स्थानीय मुकेश गुप्ताले बताउनु भयो । गाउँपालिकाका शिक्षा शाखामा कार्यरत अशाेक ठाकुरले कार्यक्रमको फोटो सार्वजनिक गर्दै भन्नु हुन्छ -“अध्यक्षसंग मिडिया सम्बाद र सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीताकाे अवस्था यस्तो रहेको छ । ” भन्दै सामाजिक संजालमा पोष्ट गर्नु भएको छ ।

गाउँ पालिकाका अध्यक्षसग मिडिया सम्बाद कार्यक्रमकाे लागि आर्थिक बर्ष २०७९/८० काे पाँच लाख बजेट विनियोजन गाउँपालिकाले गरेकाे थियाे । गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले २० हजार रुपैया बराबरको कार्यक्रम भएकाे बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले सराेकारवाला र राजनीतिक दलका प्रमुखहरूलाई बोलाइएको बताउनु भयो । उहाँ भन्नू हुन्छ-” हामीले सरोकारवाला सबैलाई बोलाएका हौ ।” तिमिल्सिनाले सबै सरोकारवालालाइ बोलाएको बताए पनि उपस्थिति नदेखिए पछि पालिकाले गरेको सार्वजनिक सुनुवाइको चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com