About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बिजयनगर पनि भयो साक्षर गाउँपालिका घोषणा :

दुर्गा प्रसाद काफ्ले मंगलबार, आषाढ १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तुको विजयनगर गाउँपालिका साक्षर गाउँपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमबीच विजयनगरले साक्षर गाउँपालिका घोषणा गरेको हो । लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले साक्षर विजयनगर गाउँपालिका घोषणा गरेका हुन् ।

प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्थाका पुर्व मन्त्रीसमेत रहेका यादवले साक्षर गाउँपालिका कार्यक्रमको ब्यानर वाचन गरेर साक्षर गाउँपालिका घोषण गरेका हुन् । गाउँपालिकाले साक्षरता मापदण्डका सूचक पूरा गरि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिकाले साक्षरता मापदण्ड ९५.५ प्रतिशत पुरा गरेर साक्षर गाउँपालिकाले घोषणा गरिएको शिक्षा अधिकृत हरिहर बेल्बासेले जानकारी दिए । बाँकी निरक्षरता रहेकालाई साक्षर बनाउन यस अभियानलाई निरन्तरता दिने उनले बताए । विजयनगर गाउँपालिको वडा नम्बर १ र २ साविक गाउँ विकास समिति गुगौली साक्षर गाविस घोषण भइसकेको थियो ।

प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले मानव जीवन परिवर्तन गर्न शिक्षा आवश्यक रहेको बताए । शिक्षाले सभ्य समाज निर्माण र देशको विकास लागि शिक्षामा लगानी गर्नुपर्ने उनको भनाई छ । उनले विजयनगरमा शिक्षालाई गुणस्तरीय बनाउन सबैले एकजुट भएर लाग्नुपर्ने बताए । विजयनगरको विकासका लागि प्रदेशबाट भौतिक पुर्वाधार र शिक्षाको क्षेत्रमा आवश्यक बजेटको लागि पहल गर्ने यादवले प्रतिबद्धतासमेत जनाए ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले साक्षर विजयनगर गाउँपालिका घोषणा गर्न प्रधानाध्याक, शिक्षक, समाजसेवी र राजनैतिक दलका प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साक्षरताको औचित्यलाई बुझेर सबैको पहलबाट साक्षर गाउँपालिका घोषणा गर्न सफल भएको उनले जिकिर गरे । गाउँपालिकाको तथ्याङ्क अनुसार बाँकी देखिएका निराक्षरतालाई साक्षर बनाउन गाउँपालिकाले निरन्तरता दिने दावी गरे । पालिकाबासी सबैले सामान्य लेखपढ गर्न जान्न आवश्यक रहेको अध्यक्ष थापाले बताए ।

यस्तै जिल्ला शिक्षा विकास समन्वय समितिका अधिकृत चोपलाल बेल्बासेले साक्षर घोषणको विभिन्न सूचकहरु पुरा गरि साक्षर गाउँपालिकाले घोषणा गरिएको बताए । कपिलवस्तुका ५ ओटा स्थानीय तह यस अघि साक्षर घोषणा भइसकेको बताउँदै बाँकी ५ ओटा पालिका मध्ये कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिका साक्षर घोषणा गरिएको बताए । कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकालाई साक्षर घोषण गर्न बाँकी रहेको बताए । कपिलवस्तु जिल्ला नै साक्षर घोषण पश्चात असार मसान्तभित्रै साक्षर लुम्बिनी प्रदेश घोषणाको तयारी गरिएको बेल्बासेले बताए ।
साक्षरता मापदण्डका आधारमा साक्षरताको मूल्यांकन गर्दा विजयनगर गाउँपालिकाले सक्षमता हासिल गरेको छ । राष्ट्रभाषा वा मातृ भाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाई, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाई र पढाई, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न, ० देखि ९ सम्मका अंक अक्षर लेखाइ, १ देखि १०० सम्म गणना, लेनदेनका हरहिसाब रखाई, सरल चित्र, पोस्टर, साइन बोर्ड र ट्राफिक संकेत पढाई र बुझाई, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन र बैंक भौचर भराई र चेक खिचाई लगायतको सूचाकमा ५० प्रतिशत हासिल गरि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com