About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
सिटिजन बैंक परासी शाखा द्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

दर्पण पोष्ट सोमबार, आषाढ ११, २०८० मा प्रकाशित

featured photo: Darpanpost

परासी । सिटिजन बैंक परासी शाखाले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जनता माध्यामिक विद्यालय रामग्राम १० लक्ष्मीपुर का कक्षा १ देखि कक्षा १० सम्मका गरिब जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको वैंकले जनाएको छ । समाजिक दायित्व अन्तर्गत जनता माध्यामिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको सिटिजन वैंक परासी शाखाका प्रर्वन्द्धक मिना पाण्डेले बताउनुभयो । बैंकले नाफा मात्र कमाउने नभई समाजसेवा पनि गनर्’ पर्छ भन्ने भावनाले अभिप्रेरित भई पेशाक वितरण गरेको शाखा प्रर्वन्द्धक पाण्डेको भनाई छ । पेशाक वितरण कार्यक्रम रामग्राम नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष सुरेश यादवको अध्यक्षता तथा वैंकका शाखा प्रर्वन्द्धक मिना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका शिक्षक सुन्दर वस्यालको संचालनमा रहेको कार्यक्रममा अभिभावक तथा विद्याथीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com