About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
ओमसतिया गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक, ४७ करोड ६६ लाख बढी बजेट।

मीन राना सोमबार, आषाढ ११, २०८० मा प्रकाशित

featured photo: Darpanpost

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “ओमसतियाको शानः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान” भन्ने मुल नारा सहित आउदो आर्थिक बर्षमा पालिकाले सुन्दर, समुुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प रहेको छ ।
निति तथा कार्यक्रम प्रस्तुुत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनुु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई निति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

 

बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आर्जन गरेको सीप र दक्षतालाई उपयोग गरि “बिदेश छोडौ, बिजनेश गरौ ” भन्ने नाराका साथ स्वरोजगार उन्मुख बनाई आय आर्जनको दायरा फराकिलो बनाउने पालिकाले निति लिएको यादवले बताए । पालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुुद, संस्कृति एवम लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा परेको उनले बताए ।
स्वास्थ्य तर्फ पालिका भित्रका सबै स्वास्थ्य संस्थालाई किशोरीमैत्री बनाईने निति लिईएको यादवले बताए ।
आर्थिक बिकासका सम्भावनाहरुको पहिचान र ब्यवसायीक परिचालनका लागि गाउँपालिकाले बिशेष पहल गर्ने र यसको लागि स्थानिय तहमा ब्यवसायीक वातावरणको विकास गर्न गाउँपालिकाले निजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता रहने गरि आर्थिक विकास सम्वाद मञ्च गठन गर्ने पालिकाको योजना रहेको छ । लगानीमैत्री निति तथा औद्योगिक पूर्वाधार सुुदृढीकरण गर्दै उद्योग तथा पर्यटन विकासको निति लिईने निति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

गाउँपालिकाले न्याय सम्पादनको कार्यलाई थप ब्यवस्थित बनाउन डिजिटल जस्टिस सफ्टवेयर तयार गरि लागु गर्ने योजना रहेको छ ।
पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत–लाभ बिश्लेषणको आधारमा उच्च नतिजा एवम प्रतिफल दिने आयोजनाहरु पहिचान गरि आयोजना बैंक तयार गरिने पालिका अध्यक्ष यादवले बताए ।
ओमसतियाको बजेट ४७ करोड
आईतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो बराबरको अनुमानित आय ब्यय पेश गरेकी हुन् । चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैया, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैया, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २८ करोड ९० लाख, प्रदेश सरकार बाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २ करोड ६८ लाख २१ हजार तथा गत बर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो ।
गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सम्पन्न १३ औ गाउँसभामा पालिकामा कार्यरत २५ वर्ष सेवा पूरा भएका कर्मचारीहरुलाई सम्मान गरिएको र पालिकाभित्र अध्यन गरि कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिएका हुन । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु ,जनप्रतिनिधि ,पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com