सार्वजनिक जग्गा मिचि बनाइएका घर टहरा खाली गराउन सरावल गाउपालिका आक्रामक देखियो, आज वडा नम्बर २ तिलौलीमा अनाधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको टहरा हटायो,
पछिल्लो समय पश्चिम नवलपरासीको सरावल गाउपालिकाले सार्वजनिक जग्गा मिचि बनाइएका घर टहरा खाली गराउन आक्रामक देखिएको छ । पालिका भित्र रहेका सार्वजनिक जग्गाहरुलाई विभिन्न निकायहरुको समन्वयमा खाली गराई सरंक्षण गर्दै आइरहेको सरावल गाउपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
पालिकाले सार्वजनिक जग्गामा अनाधिकृत रुपमा घर टहरा बनाएर बसेकालाई सम्झाउने गरेको र नमानेको खण्डमा बल प्रयोग गरेरै हटाउन थालेको हो । यसैगरि सरावल गाउपालिकाले वडा नम्बर २ तिलौलीमा बाटो प्रायोजनका लागि छुट्टयाइएको सार्वजनिक जग्गा कब्जा गरि अनाधिकृत रुपमा घर बनाएका एक घरधुरीलाई पटक पटक हट्न ताकेता गर्दा पनि अटेरी गरेपछी आज बल प्रयोग गरेर हटाएको छ । उक्त स्थानमा सरावल २ तिलौली टोल विकास सस्थाले बाटो निकाल्दैछ ।
उक्त बाटो निकासका लागी यस अगावै पटक पटक गाउमा निर्णय गरिएको, जग्गा खाली गर्न आग्रह गर्दा पनि वास्ता नगरेकाले आफुहरु पालिका गुहार्न बाध्य भएको तिलौली टोल विकास सस्थाका अध्यक्ष देवराज रायले जानकारी दिनुभएको छ ।
बि स २०५१ सालमा उक्त स्थानमा बाटोको आवश्यक्ता महशुस गरि २६ फुटको बाटो छुट्टयाइएको भएपनी निजले बाटो अतिक्रमण गरि घर टहरा बनाएको र तिलौलीबासी पटक पटक उक्त बाटो खाली गराउन आग्रह गरेपनी नमानेपछी आफुहरु प्रकृयागत रुपले बाटो निकासका लागि पालिका सङ्ग पहल गरेको टोल बिकास सस्थाका अध्यक्ष रायले जानकारी दिनुभयो । यता सरावल गाउपालिकाले बाटो मिच्न नपाइने भन्दै पटक पटक सुचना दिदा नमानेपछि आज बल प्रयोग गरेर बाटोको लागि छुट्टयाइएको जग्गा खाली गराएको सरावल गाउपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
विगत ५ बर्षदेखी तिलौली गाउबासीको समन्वयमा बाटो खाली गराउन विभिन्न माध्यमबाट सुचित गरिएको, पालिकाबाट पनि पटक पटक पत्र पठाइएको तर सम्बन्धित घरधनीले वास्ता नगरेपछी बाध्य भएर नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि र स्थानियको सहयोगमा घर टहरा खाली गराइएको अध्यक्ष चौधरीले बताउनुभयो । २६ फुट चौडाई रहेको उक्त जग्गा खाली गराई कृषी क्षेत्रलाई प्रबद्र्धन गर्न गाउ भित्र जाने कृषी बाटो निकाल्ने र उक्त बाटोले कृषहरुलाई राहत हुने तिलौली टोल विकास सस्थाका अध्यक्ष देवराज रायले जानकारी दिनुभएको छ ।
गाउपालिकाले पालिका भित्रका सार्वजनिक जग्गा पहिचान गरि होर्डिग बोडबाट जानकारी दिएर उक्त जग्गाहरुको सरंक्षण गर्दै आइरहेको सरावल गाउपलिकाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।