About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सरकाले उपलब्ध गराउने सेवा र सुविधाको परिपुरकका रुपमा खाजा भत्ताजस्ता अन्य सुविधा प्रदान गर्ने नीति लिइनेछ

बिमल भट्टराई आइतबार, आषाढ १०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सरकाले उपलब्ध गराउने सेवा र सुविधाको परिपुरकका रुपमा खाजा भत्ताजस्ता अन्य सुविधा प्रदान गर्ने नीति लिइनेछ।

९. आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ।

१०. गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरुलाई उत्कृष्ट कामकाज गरेवापत प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गरिनेछ।

११. सार्वजनिक खर्चलाई वैज्ञानिक अनुमान योग्य र नतिजामुखि तुल्याउन मध्यकालिन खर्च संरचना (MTEF) पद्धति प्रयोगमा ल्याइनेछ।

१२. संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरिनेछ।

७. वन, वातावारण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम

क. खानेपानी तथा सरसफाई

१. विभिन्न खोला, नदी तथा अन्य स्रोतबाट खानेपानीलाई आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।

२. संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा जल पुनर्भरण योजना र वर्षातको पानी संकलन गर्ने प्रविधिलाई उपयोगमा ल्याउन प्रारम्भ गरिनेछ।

३. टोल विकास संस्था र सामाजिक संघ संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्यको नीति लिइनेछ।

४. अस्पताल जन्य फोहोरलाई व्यवस्थित तुल्याउन सम्बन्धित निकायहरुलाई पूर्ण रुपमा जिम्मेवार बनाइनेछ।

५. गाउँपालिकाका मुख्य स्थानहरुमा समुदायको सहकार्यमा उपयुक्त जग्गाको खोजि गरी सार्वजनिक शौचालयहरु निर्माण तथा संचालनलाई निरन्तरता दिदै अभियानका रुपमा अगाडी बढाइनेछ।

ख. वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

१. पूर्वाधार आयोजनाहरुको कार्यान्वयन गर्दा त्यस्ता आयोजनाहरुले वातावरणमा पार्ने असर न्यूनिकरणको लागि प्रारम्भिक वातावरणिय परिक्षण (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन गरिनेछ।

२. खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवर्ध्दन तथा वनको संरक्षण र हैसियतमा सुधार गरी जल, जमीन तथा वातावरणको संरक्षण र जीविकोपार्जनको अवसरमा वृद्धि गरिनेछ।

३. पोखरी संरक्षण, पहिरो नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण र जल, जमिन तथा जलाधारको संरक्षण तथा उत्पादनमा वृद्धि गरिनेछ ।

४. विपद्‍बाट हुने क्षतिलाई कम गर्नका लागि विपद्‍ राहत उद्वार सामाग्रीहरुको पर्याप्त व्यवस्था गरी नेपाल प्रहरीसँग साझेदारीमा उद्वार कार्यक्रमहरु संचालन गरिनेछ।

५. भुकम्पीय जोखिम न्यूनिकरणको लागि भुकम्प प्रतिरोधि भवन तथा संरचना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।

६. विपद् जोखिम व्यवस्थापन कोषमा रकम अभिवृद्धि गर्दै प्रभावकारी श्रोत परिचालन गरिनेछ।

७. वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा गाउँपालिकाका सबै बजारक्षेत्र, स्वास्थ्य संस्था लगायतका अन्य महत्त्वपूर्ण स्थानहरूमा सौर्य सडक बत्तिको जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

८. राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम

१. आन्तरिक आयका स्रोतहरूको सम्भाब्यता अध्ययन, राजश्व बाँडफाँड, अन्तर सरकारी वित्तीय हस्तान्तरण, तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार र नेपाल सरकारका निकाय तथा गैसस र विकास साझेदारसंग परामर्श, समन्वय र साझेदारी गरिनेछ।

२. मदाने गाउँपालिकाको विकासका लागि संघ, प्रदेश र स्थानीय तह बिचको सहकार्य र समन्वयलाई उच्च प्राथमिकता दिइनेछ । संघ, प्रदेश र स्थानीय तह बिच हुने समपुरक अनुदान, विशेष अनुदान र साझेदारी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।

३. करको दर सम्भव भएसम्म न्यूनतम गर्दै करको दायरा विस्तार गर्ने नीति लिइनेछ। प्रगतिशिल कर प्रणाली अवलम्बन गरी नागरिकहरु बिच रहेको असमानता न्यूनिकरण गर्दै लगिनेछ।

४. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com