About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
कांग्रेस सन्धिखर्क २ नम्बर वडाको प्रथम वडा सम्मेलन सम्पन्न

हलिम खान आइतबार, आषाढ १०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कांग्रेस सन्धिखर्क २ नम्बर वडाको प्रथम वडा सम्मेलन सम्पन्न

अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार आज सन्धिखर्क वडा नम्बर २ को सम्मेलन सम्पन्न भएको हो । सबै अट्ने कांग्रेस सबैलाई जोड्ने कांग्रेसको मुल नारा सहित जिल्ला व्यापी रुपमा अभियान रहेको पार्टिले आज जिल्लाभर एकसाथ वार्ड सम्मेलनको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कमल प्रसाद भुसालले पार्टी शुद्धिकरण हुन जरुरी रहेको र जनता संग नेपाली कांग्रेस प्रत्यक्ष जोडिएको बताएका हुन भने महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई , सन्धिखर्क नगरपालिकाकी उपसभापति शान्ता पन्थी , पुर्व वडा पार्टी सभापति बिष्णु भुसाल , क्षेत्रीय प्रतिनिधि निरेन्द्र रायमाझी लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जेष्ठ नागरिक , महिला संघ , भात्री संघसंस्थाका प्रतिनिधि लगाएत अन्य कृयाशिल सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्धिखर्क वडा नं २ का पार्टि सभापती बिनय नेपालीको अध्यक्षता , क्षेत्रीय प्रतिनिधि हलिम खाँनको स्वागत मन्तव्य र नेता अशोक पौडेलको संचालनमा सम्पन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com