About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
अर्घाखाँची १४२ जना एचआईभी सङक्रमित ,समाजकाे डरले खुलेर आउन सकेनन

पुजा केसि शनिबार, आषाढ ०९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पुजा केसि अर्घाखाँची।अर्घाखाँची जिल्लामा १४२ जना एचआइभी सङक्रमित बिरामी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । ग्लोबल फन्ड, सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सन्देश सहयग समुह ले दिएको आँकडा अनुसार जिल्लामा जुन २०२३ सम्म उक्त सङ्ख्याका बिरामी उपचारमा रहेका छन ।

अर्घाखाँची जिल्लाका एचआइभी सङ्क्रमित विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी सागर घिमिरेले दिएको जानकारी अनुसार जिल्लामा जम्मा १४२ जना एचआइभी सङक्रमित भएपनि १२६ जनाले मात्र जिल्ला अस्पताल अर्घाखाँची बाट औसधि सेवन गरिरहेका छन भने अन्य १६ जनालअन्य बाहिरी जिल्लाबाट औसधि सेवन गरिरहेका छन । जिल्ला बाट औसधी सेवन गरेका १२६ मध्ये ६२ जना पुरुष र ६४ जना महिला रहेका छन । अर्घाखाँचीमा एचआइभी बाट ३४ जनाको ज्यान गएको छ ।

शितगंगा नगरपालिकामा २९ जना एचआइभी सङ्क्रमित रहेकोमा १८ जनाले जिल्लाबाट औसधि सेवन गरिरहेका छन । १८ जना मध्ये ९ जना पुरुष र ९ जना महिला रहेका छन ।

सन्धिखर्क नगरपालिकामा ४८ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये ३७ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ११ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन । जिल्ला बाट औसधि सेवन गरिरहेका ३७ मध्ये १७ पुरुष र २० महिला रहेका छन ।

पाणिनि गाउँपालिकामा जम्मा १३ जना एचआइभी सङ्क्रमित रहेका छन । सङक्रमित १३ जनाले नै जिल्ला बाटै औसधि सेवन गरिरहेका छन । ति मध्ये ६ पुरुष र ७ महिला रहेका छन ।

भुमिकास्थान नगरपालिकामा जम्मा १७ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये १३ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ४ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन । जिल्ला बाट औसधि सेवन गरिरहेका १३ मध्ये ६ पुरुष र ७ महिला रहेका छन ।

मालारानि गाउँपालिकामा जम्मा ३२ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये २८ जनाले जिल्ला बाटै औसधि सेवन गरिरहेका छन भने बाँकि ४ जनाले जिल्ला बाहिर बाट औसधि सेवन गरिरहेका छन । जिल्ला बाट औसधि सेवन गरिरहेका २८ मध्ये १६ पुरुष र १२ महिला रहेका छन ।

छत्रदेव गाउँपालिकामा जम्मा २५ जना एचआइभी सङ्क्रमित रहेका छन । जस मध्ये २५ जनाले नै जिल्ला बाटै औसधि सेवन गरिरहेका छन । जस मध्ये १२ पुरुष र १३ महिला रहेका छन ।

विगत ५ वर्षदेखि एचआइभी सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी सागर घिमिरेले एचआइभी सङ्क्रमित प्रति समाजको गलत धारण हटाउनुपर्ने बताउनु भएके छ । समाजको गलत धारणलाई स्विकार गर्न नसकेकाले बिरामीहरु खुलेर स्वास्थ्य संस्थामा आउन नसकेको उहाँले बताउनु भएको छ । उहाँले जहाँ गरिबी त्यहाँ एचआईभीको सङ्क्रमण बढि भएकाले प्रत्येक पालिकाले आफ्नो पालिकाका बिरामिहरुलाई पोसण र उपचारमा सहयोग गर्नुपर्ने बताउनु भएको छ । स्वास्थ्यकर्मी घिमिरेले यदि कसैलाई खुलेर आउन नसक्ने अवस्था भए आफ्नो सम्पर्क नम्बर ९८४७४९०८५१ मा फोन गरेर सल्लाह, सुझाब लिन पनि आग्रह गर्नुभएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com