About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
आर्थिक सर्वेक्षण प्रकाशन गर्ने पहिलो स्थानीय सरकार बर्दघाट नगरपालिका भएको दाबी

प्रकाश न्याैपाने बिहिबार, आषाढ ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

प्रकाश न्यौपाने
असार ७ गते

नवलपरासी । नेपालमा रहेको ७ सय ५३ वटा स्थानीय तहमध्ये स्थानीय आर्थिक सर्वेक्षण प्रकाशन गर्ने पहिलो स्थानीय सरकार बर्दघाट नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले दाबी गर्नु भयो । उहाँ भन्नु हुन्छ- ” हामीले नगर भित्र रहेका आर्थिक, सामाजिक र स्थानीय गतिविधिलाई समेटेर नेपालमा नै पहिलो पटक स्थानीय आर्थिक सर्वेक्षण प्रकाशन गरेका छौँ । बर्दघाट नगरले गत फाल्गुन १७ गते स्थानीय आर्थिक बिकास मुल्यांकन कार्यबिधी २०७९ तयार गरि काम गरेका छौं ।” सापकोटाका अनुसार आर्थिक सर्वेक्षणले नीतिगत कार्यक्रम, आवधिक योजना तयारी, मध्यकालिन खर्च संरचना निर्माण लगायतमा टेवा पुग्ने बताउनु भयो ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पहिलो पटक स्थानीय आर्थिक सर्वेक्षण २०७९/८० प्रकाशन गरेको छ ।
स्थानीय आर्थिक सर्वेक्षणमार्फत नगरपालिका भित्रको आर्थिक गतिविधिहरुको सर्वेक्षण गरिएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । श्रेष्ठका भन्नू हुन्छ-” स्थानीय सर्वेक्षण मार्फत नगरको समग्र आर्थिक स्थिति, स्थानीय वित्त,आर्थिक बिकास,औद्योगिक ग्राम,सीप बिकास, श्रम तथा रोजगार, कृषि उत्पादनलगायतका बिषयहरु समेटिएको छ ।”

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले नगरले प्रकाशन गरेको स्थानीय आर्थिक सर्वेक्षण बजेट निर्माणको आधारशिला भएको बताउनु भयो । उहाँ भन्नू हुन्छ-” स्थानीय सर्वेक्षण अनुसार हामीले हाम्रो नगरका सम्भावना र चुनौतीहरुलाई राम्रो संग केलाएका छौं । जसले गर्दा बजेट तर्जुमाका लागी आधारशिला मानेर आर्थिक बर्ष २०८०/०८१को लागि बजेट तर्जुमा गरेका छौं ।

नगर पालिकाले स्थानीय आर्थिक सर्वेक्षण निर्माणका लागि पशुपति गैरेको संयोजकका कृष्णहरि पौडेल, भरत लम्साल, गोबिन्द शर्मा, शान्ति गुरुङ, गोपाल चौधरी, पदम के.सि सदस्य रहने गरि ७ सदस्य समितिले मस्यौदा तयार गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com