About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
रामग्राम नगरपालिकाले खरिद गरेको कृषि यन्त्र समाग्री बिलमा महंगो

ज्ञानेश्वर शहानी बिहिबार, आषाढ ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी परासी ६ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषि यन्त्रहरु खरिद गर्दा २ लाख भन्दा बढी आम्दनी बिलमा लेखेर आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएका छन।

रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरमा कोटहि माई तरकारी पकेट समन्वय समितिको आयोजनामा तरकारी बालिको पकेट विकास कार्यक्रम अन्तर्गत कृषि यन्त्र उपकरण वितरण कार्यक्रममा कृषि यन्त्रमा खरिद गर्दा बिलमा २ लाख भन्दा बढी रुपैया लेखिएको आरोप लगाएका छन।

 

रामग्राम नगरपालिकाका कृषि समुहले कृषि आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउनका लागि नगर भित्रका कृषकहरुलाई ५०% प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गर्ने कार्यक्रममा कृषि यन्त्र खरिद गर्दा बढी रकमको बिल बनाई आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुर बस्ने राधेश्याम पटेलले बताए ।
पटेलले भने अनुसार किसानहरुले स्वयम मार्केटमा कृषि यन्त्र खरिद गर्न जादा अतुल कम्पनीको पम्पसेटको मुल्य ३८ हजार,सेक्सन पाइपको मुल्य २ सय रुपैया फीट ,डेलीवरी पाइपको मुल्य २ सय ८०रुपैया केजी ,२ हाउसपावर मोटरको मुल्य २४ हजार ५ सय छ , १हाउसपावर मोटरको मुल्य१६ हजार, मिनि टेक्टरको मुल्य ७७ हजार, स्प्रे टंकीको मुल्य ४ हजार, डिजिटल काटाको मुल्य ९ हजार र बोरिङ जडान को ३२ हजार भ्याट सहित बजारमा लग्ने बताएका छन ।

 

उनले भने उक्त कृषि यन्त्र रामग्राम नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्नका लागि नगरपालिका समुहले खरिद गरेको पम्पसेट रेट ४१ हजार १सय ६० रुपैया ,सेक्सन पाइपको २ सय २३ रुपैया,डेलीवरी पाइपको प्रति किलो ३ सय २४ रुपैया ,२ हाउसपावर मोटरको २६ हजार १ सय ५३ रुपैया,१हाउसपावर मोटरको१७ हजार ४ सय ८६ रुपैया , मिनि टेक्टरको ९८ हजार ३ सय रुपैया , स्प्रे टंकीको ४ हजार ६ सय ४४ रुपैया , डिजिटल काटाको १४ हजार ६ सय ६७ रुपैया र बोरिङ जडान ७१ हजार ६ सय ३० रुपैयामा खरिद गरेको छ ।

रामग्राम नगरपालिकाले पम्पसेट ८ पिस , सेक्सन पाइप ३ सय ८०, डेलीवरी पाइप ४ सय ५० , मोटर २ एच पी ५ पिस , मोटर १ एच पी ५ पिस , मिनि टेक्टर ७ पिस , स्प्रे टंकी २०पिस, डिजिटल काटा २ पिस र बोरिङ जडान १ पिस खरिद गर्दा उचित मुल्य भन्दा २ लाख ८२ हजार ४ सय ५९ रुपैया बढी बिलमा बढी लेखाएर आर्थिक हिनामिना गरेका छन राधेश्याम पटेलले बताएका छन ।

उक्त कृषि यन्त्र समाग्रीहरु रामग्राम नगरपालिका/समुहले खरिद गरेको देखिदा २ लाख ८२ हजार सय ५९ रुपैया बिलमा बढी लेखिएर भ्रष्टाचार गरेको उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com