About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
बर्दघाट नगरपालिकाले ल्यायो ९० करोड बढीको बजेट

प्रकाश न्याैपाने बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।
आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
जस अन्तरगत ५६ करोड ४२ लाख अर्थात ६२.३५ प्रतिशत चालु खर्च र ३४ करोड ६ लाख ५६ हजार अर्थात ३७.६४ प्रतिशत पुँजीगत बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले विनियोजन गरेको ९० करोड ५० लाखको बजेटमा सामाजिक सुरक्षा भत्ता भने नसमेटिएको नगरपालिकाले जनाएको छ ।

उक्त बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण, समपुरक अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड र शसर्त अनुदान समेत समावेश भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिक्षा क्षेत्रको लागि कुल बजेटको ३०.०४ प्रतिशत अर्थात २७ करोड १९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै नगरपालिकाले सडक विकास, विस्तार तथा स्तरउन्नतिको लागि कुल बजेटको १३.६२ प्रतिशत अर्थात १२ करोड ३३ लाख ४० हजार रुपैयाँ विनियोजना गरेको छ । कृषि, सिँचाई र पशुविकास प्रवद्र्धनको लागि कुल बजेटको ७.२४ प्रतिशत अर्थात ६ करोड ५५ लाख ७९ हजार विनियोजन गरिएको छ ।

नगरपालिकाले भवन तथा शहरी विकास, खानेपानि तथा सरसफाई, सूचना तथा संचार, पर्यटन, विद्युत तथा वैकल्पिक उर्जा, स्वास्थ्य तथा पोषण, युवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला तथा संस्कृति, वन तथा वातावरण विपद् व्यवस्थापन, श्रम तथा रोजगार, संस्थागत विकास तथा सेवा प्रवाह को क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्ष २०७९÷८० को लागि भने नगरपालिकाले ९४ करोड ५ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com