दुर्गा प्रसाद काफ्ले
बिजय नगर कपिलवस्तु
६ असार बुधबार,।बिजय नगर आयुर्वेद ओषधालय बिजय नगर वडा नम्बर ७ मा आज ९ ओ अन्तरास्ट्रिय योगा दिवस सम्पन्न भएको छ !
यश दिवस मा प्रणायम कसरी किन गर्ने र यस्को महत्त्व को बारेमा प्रष्ट पारिएको थियो ! यसैगरी सुर्य नमस्कार गर्दा कसरी र कति बेला गर्ने यो गर्दा मानव शरीरमा हुने फाइदा हो बारेमा बुझाइएको थियो ! यसैगरी क्रमस ब्रजाआशन, मन्डक आशन , पुतली आशन,र कपालभाती को बिषय मा प्रष्ट पार्दै आवश्य्क्ता र महत्त्व को बारेमा बुझाइएको आयुर्वेद ओषधलय ले जानकरी दिएको छ !
उक्त कार्यक्रम मा शिक्षक , विद्यार्थी , समाज सेवी बुद्धि जिवि पत्रकार विभिन्न संघ सन्था का पदाधिकारी हरु गरि ४० जना भन्दा माथिको उपस्थिति रहेको थियो
उक्त योग दिवस बिजय नगर वडा नम्बर ७ का वडा अध्यक्ष एवम गणेशपुर आयुर्वेद ओषधालय क अध्यक्ष दिनेश कुमार चौधरी को अध्यक्षता बिजय नगर पतन्जली योग समिति का अध्यक्ष जित बहादुर पुन को प्रशिक्षण जिल्ला पतन्जली योग समिति का सदस्य अग्नि प्रसाद सापकोटा को सहयोग र गणेशपुर आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक बिमला चौधरी को संचालन रहेको थियो!