About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
अवैध कुखुरा नष्ट

दुर्गा प्रसाद काफ्ले मंगलबार, आषाढ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

असार ५ मंगलवार,।कपिलवस्तुकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । प्रहरी कार्यालयबाट खटिएको माधव बहादुर खड्काकाे गस्ती टाेलीले विजयनगरतर्फ बाट नम्बर नखुलेको माेटरसाइकलमा अवैधरुपमा शिवपुरतर्फ ल्याउँदै गरेकाे कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले ४६ वटा कुखुरा अन्दाजी ३४ हजार ५ सय रूपैया रकम बराबर रहेकाे बताए । उनका अनुसार कुखुरा भारत बाट भन्सार छलि गरि अवैध रुपमा पैठारी गरी ल्याइएको छ । विशेष सुराकीकाे आधारमा नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालयले जनाएकाे छ । कुखुरा नियन्त्रणमा लिइ स्थानीय व्यक्तित्व सञ्चारकर्मी लगायतको राेहाेबरमा नष्ट गरिएको प्रहरीले जनाएकाे छ ।

उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जनाए । वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com