About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
अवैध कुखुरा नष्ट

दुर्गा प्रसाद काफ्ले मंगलबार, आषाढ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

चन्द्रौटा कपिलवस्तु असार मंगलवार।कपिलवस्तुकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । प्रहरी कार्यालयबाट खटिएको माधव बहादुर खड्काकाे गस्ती टाेलीले विजयनगरतर्फ बाट नम्बर नखुलेको माेटरसाइकलमा अवैधरुपमा शिवपुरतर्फ ल्याउँदै गरेकाे कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले ४६ वटा कुखुरा अन्दाजी ३४ हजार ५ सय रूपैया रकम बराबर रहेकाे बताए । उनका अनुसार कुखुरा भारत बाट भन्सार छलि गरि अवैध रुपमा पैठारी गरी ल्याइएको छ । विशेष सुराकीकाे आधारमा नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालयले जनाएकाे छ । कुखुरा नियन्त्रणमा लिइ स्थानीय व्यक्तित्व सञ्चारकर्मी लगायतको राेहाेबरमा नष्ट गरिएको प्रहरीले जनाएकाे छ ।

उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जनाए । वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन् ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com