About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सुदूरपश्चिमका कानुनमन्त्रि सिंह चढेकाे गाडी दुर्घटना

पुजा केसि मंगलबार, आषाढ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ ।

मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेलधुराबाट चैनपुर आउँदै गर्दा दुर्घटनामा परेको हो ।

गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

गाडी दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।साभार News24

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com