About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
भोकालाइ भोजन प्यासी लाई पानी भन्ने मुल नारा सहित कार्यकर्म सम्पन्न 

दुर्गा प्रसाद काफ्ले बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,कपिलवस्तु ,३० जेठ पशुपतिनाथको चरणमा बसेर दिनदुखी,अशक्त,आमा बुवा,दाजुभाई तथा दिदिबहिनीहरूको सेवा गर्ने सुनौलो अवसर जय महांकाल युवा समुहलाई प्राप्त भएको छ । पशुपति क्षेत्र बिकाष कोष संगको सहकार्यमा पशुपति क्षेत्रमा रहेको भोका मानिसहरूको पेट भर्ने कार्य यही मिति २०८० जेठ २७ गते शनिबार देखी संचालन भइ रहेको छ। पशुपति बिकाष कोषमा आयोजित एक कार्यक्रममा पशुपति क्षेत्र बिकाष कोषका सदस्य सचिव डा • मिलन ढकाल ज्युले मानव धर्मको रक्षाको लागि जय महांकाल युवा समुहको कार्यलाई उच्च मुल्याङ्कन गर्दै यस्तै युवाहरूको समुहले नै देश र धर्मको रक्षा गर्ने हो भन्दै भोजन बनाउने स्थल र भोजन वितरण गर्ने स्थल उपलब्ध गराउनु भएको थियो ! साथै जय महांकाल युवा समुहको आयोजना र पशुपति बिकाश कोष को सहयोग मा उक्त कार्याक्रम यस पशुपतिनाथ जस्तो पवित्र तिर्थस्थल मा हुने भएको ले सवै जना हर्षित भएको देखिन्थो । पशुपतिनाथ मन्दिरलाई भोक मुक्त , बिकृति मुक्त बनाउन सहकार्य समन्वयन गर्दै अगाडि बढ्ने कुरा पनि बताउनु भएको छ ।

त्यस महाकाल समुहले शनिबारबाट पशुपति क्षेत्रमा भोकालाई भोजन प्यासीलाई पानी अभियान संचालन गर्दै भोजनदान गर्ने,यो सुनौलो अवसर जुराईदिनुहुने यश जय महाकाल युवा समूह संस्थाको सल्लाहकार फिलिङ तामाङ लाई युवा समूह ले ध ले आज हाम्रो यश जय महाकाल युवा समूह ले देशको ७७ वटै जिल्ला हरुमा पुन्य को काम गर्दै आइ रहेको र सबैको सोच जय महाकाल को जस्तै सामाजिक कार्य मा लगाउन सके देशले काचुली फेर्ने बताउनु भएको छ ! यश कार्य प्रति सहायो पुर्याउनु हुने सम्पुर्ण भक्त जन प्रति जय महाकाल गर्दछौं । पशुपति बिकाष कोषका सचिव डा • मिलन ढकाल ज्यु प्रति नमन गर्दै महांकाल भगवानको आशिर्वाद वहाँमा सदैव रहोस् कामना गर्दछौं , जसरी वहाँले भगवानको सेवा र धर्म रक्षाको लागि आफुलाई उभ्याउनु भएको छ त्यस कार्यमा हामी सबैले साथ सहयोग गर्नुपर्छ र गरौं । तब मात्र रक्षा गर्न सकिन्छ , भन्ने कुरा यश सस्थाका केन्द्रिय कार्यसमिति सदस्य अनिस त्रिपाठी ज्युले जानाकारि गराउनुभएकाे छ।

उक्त कार्यक्रम को अध्यक्षता लिलानाथ भन्डारी को अध्यक्षता फिलिङ तामाङ को प्रमुख आतिथ्यता मनिष बि क को विशिष्ट आतिथ्यता अतिथी सल्लाहकार पुरुषोत्तम गिरि अनिस त्रिपाठी को संचालन मा सम्पन्न र प्रमुख अतिथि द्वारा खाध्यान्न बितरण गरिएको केन्द्रिय सदस्य पारस भुसाल ले जानकारी दिनु भएको छ !

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com