पुजा केसि, ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा आयोजित प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिताका लागि आज अर्घाखाँची जिल्लाको जिल्ला स्तरिय प्रतिस्प्रधा सदरमुकाम सन्धिखर्कको साथी होटलमा सम्पन्न भएकाे छ।
जिल्लाको यो प्रतिस्प्रधा बाट प्रदेशमा प्रतिस्प्रधा गर्न जाने २ जना प्रतिस्प्रधिहरुको आज नै छनोट भएका छन भने छनाेटहुनेहरु कल्पना परियार र प्रदिप विश्वकर्मा रहेका छन
प्रतिष्ठानका जिल्ला अध्यक्ष श्री राजेन्द्र जिसिज्युको अध्यक्षतामा संचालित यस कार्यक्रममा प्रतिष्ठान अर्घाखाँचीका निवर्तमान अध्यक्ष श्री सहयोगी बिसिज्यु,हालका पदाधिकारिहरु क्रमश : उपाध्यक्ष श्री सागर परियारज्यु,कोषाध्यक्ष श्री नारायण थापाज्यु र यो प्रतिस्प्रधा कार्यक्रमका संयोजक श्री शिव रन्जनज्यु गरि ४ जना निर्णायकको जिम्मेवारीमा रहनु भएकाे थियाे।
कार्यक्रममा प्रतिष्ठान अर्घाखाँचीका प्रथम उपाध्यक्ष श्री तेजेन्द्र समशेर पाण्डेयज्यु,सहसचिव श्री तिलका भुषालज्यु लगायत कार्यसमितिका सदस्यहरु तथा दर्जन बढी प्रतिस्प्रधी र केहि दर्शकहरुको समेत उपस्थिति रहेको छ !!
प्रतिष्ठान अर्घाखाँचीका प्रबक्ता श्री नवीन रसाइलिज्युले कार्यक्रमको सन्चालन गरिरहनु भयको छ !!