दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु २६-जेठ शुक्रवार।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ नगर कमिटी गठन गरेको छ । अधिवेशबाट विक्की सुवेदीको अध्यक्षतमा १५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा अप्सरा थारु, सचिवमा अर्चना आचार्य, सह–सचिवमा मधु आचार्य, निर्मला सुनार, पुष्कर मरासिनी, कोषाध्यक्षमा सुरक्षा पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा साकार भण्डारी, रोशन क्षेत्री, प्रदिप पौडेल, हरि थारु, आदित्य सिंह, अमृत गिरी, श्याम आचार्य, लक्ष्मण न्यौपाने चयन भएका छन् ।
नवगठित कमिटीका अध्यक्ष विक्की सुवेदीले नगर कमिटीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संगठनलाई मजबुत र बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनाल, प्रमुख अतिथी अनेरास्ववियु केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अनिमा खरेलले नव गठित कमिटीलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहको हक हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संगठनका जिल्ला सदस्य सुजन पौडेल, अनेरास्ववियु जिल्ला सदस्य तथा सिद्धार्थ क्याम्पसका स्ववियु सचिव पशुपति गिरी, राष्ट्रिय युवा संघ नेपाल भुमिकास्थान नगर कमिटी सदस्य शेषकान्त मरासिनी लगायतको आतिथ्यता रहेको थियो ।