About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
अनेरास्ववियु कपिलवस्तु को दोस्रो अधिवेशन अध्यक्ष मा सुवेदी

दुर्गा प्रसाद काफ्ले शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु-२६ जेठ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ नगर कमिटी गठन गरेको छ । अधिवेशबाट विक्की सुवेदीको अध्यक्षतमा १५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा अप्सरा थारु, सचिवमा अर्चना आचार्य, सह–सचिवमा मधु आचार्य, निर्मला सुनार, पुष्कर मरासिनी, कोषाध्यक्षमा सुरक्षा पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा साकार भण्डारी, रोशन क्षेत्री, प्रदिप पौडेल, हरि थारु, आदित्य सिंह, अमृत गिरी, श्याम आचार्य, लक्ष्मण न्यौपाने चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष विक्की सुवेदीले नगर कमिटीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संगठनलाई मजबुत र बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनाल, प्रमुख अतिथी अनेरास्ववियु केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अनिमा खरेलले नव गठित कमिटीलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहको हक हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

संगठनका जिल्ला सदस्य सुजन पौडेल, अनेरास्ववियु जिल्ला सदस्य तथा सिद्धार्थ क्याम्पसका स्ववियु सचिव पशुपति गिरी, राष्ट्रिय युवा संघ नेपाल भुमिकास्थान नगर कमिटी सदस्य शेषकान्त मरासिनी लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com