featured photo: Darpanpost
- पारस भुषाल ,काठमाण्डाै।पशुपतिनाथको चरणमा बसेर दिनदुखी,अशक्त,आमा बुवा,दाजुभाई तथा दिदिबहिनीहरूको सेवा गर्ने सुनौलो अवसर जय महांकाल युवा समुहलाई प्राप्त भएको छ । पशुपति क्षेत्र बिकाष कोष संगको सहकार्यमा पशुपति क्षेत्रमा रहेको भोका मानिसहरूको पेट भर्ने कार्य यही मिति २०८० जेठ २७ गते शनिबारबाट संचालन हुने भएको छ । आज पशुपति बिकाष कोषमा आयोजित एक कार्यक्रममा पशुपति क्षेत्र बिकाष कोषका सदस्य सचिव डा • मिलन ढकाल ज्युले मानव धर्मको रक्षाको लागि जय महांकाल युवा समुहको कार्यलाई उच्च मुल्याङ्कन गर्दै यस्तै युवाहरूको समुहले नै देश र धर्मको रक्षा गर्ने हो भन्दै भोजन बनाउने स्थल र भोजन वितरण गर्ने स्थल उपलब्ध गराउनुभयो । साथै जय महांकाल युवा समुहको महासचिव मनिष विक ज्युलाई फुलमाला र खादाले सम्मान गर्दै पशुपतिनाथमा स्वागत पनि गर्नुभएको छ । पशुपतिनाथ मन्दिरलाई भोक मुक्त , बिकृति मुक्त बनाउन सहकार्य समन्वयन गर्दै अगाडि बढ्ने कुरा पनि बताउनु भएको छ ।
त्यस महाकाल समुहले शनिबारबाट पशुपति क्षेत्रमा भोकालाई भोजन प्यासीलाई पानी अभियान संचालन गर्दै भोजनदान गर्ने,यो सुनौलो अवसर जुराईदिनुहुने यश जय महाकाल युवा समूह संस्थाको सल्लाहकार फिलिङ तामाङ ज्युलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दछौं । पशुपति बिकाष कोषका सचिव डा • मिलन ढकाल ज्यु प्रति नमन गर्दै महांकाल भगवानको आशिर्वाद वहाँमा सदैव रहोस् कामना गर्दछौं , जसरी वहाँले भगवानको सेवा र धर्म रक्षाको लागि आफुलाई उभ्याउनु भएको छ त्यस कार्यमा हामी सबैले साथ सहयोग गर्नुपर्छ र गरौं । तब मात्र पशुपतिनाथको रक्षा गर्न सकिन्छ , भन्ने कुरा यश सस्थाका केन्द्रिय कार्यसमिति सदस्य अनिस त्रिपाठी ज्युले जानाकारि गराउनुभएकाे छ।