About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर कायम हुने

गाेपाल प्रसाद भट्टराई बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर कायम हुने भएको छ । हिजो जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न सर्वपक्षिय बैठकले जिल्लामा कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरि जिल्ला स्तरिय भाडादर निर्धारण समिति समक्ष सिफारिस गर्ने निर्णय गरेसंगै ट्याक्सीको नयाँ भाडादर कायम हुने भएको हो । २०७० सालबाट अर्घाखाँचीमा ट्याक्सी सेवा सुरु भइ २०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि हिजो बैठक बसेर यस्तो सहमती कायम गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा राजनितिक दल,सुरक्षा निकाय,अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.,लकां यातायात प्रा.लि.,उद्योग वाणिज्य संघ,पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा बैठक बसेको हो । हिजोको बैठकले सिफारिस गरेको भाडालाई भाडा निर्धारण समितिले अनुमोदन गरेमा सन्धिखर्कबाट बुटवलको भाडा ५ हजार ७ सय कायम हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com