About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मायादेवीमा पाठेघर मुखको क्यान्सर सम्बन्धि निशुल्क क्याम्प

तुल्सिराम पाैडेल बुधबार, जेठ २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही स्थित मायादेवी गाउँपालिकाको आयोजनामा मायादेवी -७ हाटिवनगाई स्वास्थ्यचौकीमा निशुल्क प्रजनन रुग्णता पाठेघरको मुखको क्यान्सर आङ खस्ने फिस्टुला,स्तन क्यान्सर सम्बन्धि क्याम्प एक कार्यक्रमका बीच सम्पन्न भयो ।निशुल्क क्याम्पमा प्राविधिक सहयोग स्त्री रोग विशेषज्ञ डाक्टर सरस्वती श्रेष्ठले रोग परिक्षण गर्नुभएको थियो ।स्वास्थ्य प्राविधिक टिम लिडर भेरी स्टोभका भुमिका जोशी हुनुहुन्थ्यो ।
क्याम्पमा २०० जनाको परिक्षण गरिएको थियो जस अन्तरगत ७४ जनाले VIA परिक्षण गरिएकोमध्य २ जना VIA positive देखियो।आङ खसेका २ जनालाई रिङ पेसरी राखिएको थियोे ।

मायादेवी गाउँपालिकाको आयोजनामा गत पौषमा मायादेवी वडा नम्बर १,२,४ मा ४०१ को VIA परिक्षण गरिएको थियोे ।
यसै गरि जेष्ठ २५ गते वाड नम्बर ६ स्थित आधारभूत स्वास्थ्यकेन्द्र बेथरीमा र जेष्ठ २६ गते वाड नम्बर -८ स्थित मत्कलवामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि क्याम्प हुने मायादेवी गाउँपालिका नर्सिङ अधिकृत शर्मिला शर्माले जानकारी दिनु भयो।

मायादेवी गाउँपालिका प्रबक्ता एवं वाड नम्बर -७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयको अध्यक्षता, गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यता, हाटी वनगाई स्वास्थ्यचौकीका प्रमुख रुद्र रोकाहाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा मेरी स्टोभ डिजि कोडिनेटर दिपक महरा लगायतले मन्तव्य दिनु भएको थियोे ।कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा नर्सिङ अधिकृत शर्मिला शर्माले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com