About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
पाल्पाकाे रैनादेवि मा भएकाे जिप दुर्घटना प्रति प्रदेश सभा सदस्य घिमिरे बाट दुख व्यक्त

दर्पण पाेस्ट मंगलबार, जेठ २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले आईतबार रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ आउँदै गरेको जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सोमबार एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा निधन भएकाप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमग्न परिवार तथा आफन्तजन सम्पूर्णमा गहिरो समवेदना प्रकट गरेका छन् ।

घिमिरेले दुर्घटनामा परि गम्भिर घाईते भई उपचाररत सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । आईतबार रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ आऊँदै गरेको लु १ च ९०२४ नम्बरको डवल क्याव करिब अपरान्ह ५: ३० बजे पाल्पाको रैनादेवी छहरा ०८, सत्यवती स्थित केवँरेछेडामा दुर्घटना भएको थियो ।साभार समाचार पाेस्ट

दुर्घटनामा पाणिनी गाउँपालिकाका गाउँ सभाका सदस्य कृष्ण प्रसाद पोखरेल (विजय) सहित पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र उनका दुई वर्षीय छोरा सुयोग गौतम गरी पाँच जनाको निधन भएको छ । दशजना घाइतेहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रदेश सभा सदस्य घिमिरेले दुर्घटनामा परी घाईते भएकाहरु सम्पूर्णको उपचारमा कमी हुन् नदिन तीनै तहका सरकारसमक्ष माग समेत गरेका छन् । सम्पूर्ण व्यक्ति तथा सम्बन्धित सवैले ट्राफिक नियमको अनिवार्य पालना गरी संभावित दुर्घटना न्युनिकरणमा सहयोग गर्न घिमिरेले अपिल गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com