दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
२२ जेठ सोमबार
कपिलवस्तु जिल्ला बुद्ध भुमि नगरपालिका वडा नं.१
भेलाईमा अवस्थित सनराइज सामुदायिक इङलिस बाेडिङ्ग स्कुलले ५०औं विश्व बातावरण २०८०काे अवसरमा बिबिध कार्यक्रम गरि मनाएको छ। बिद्यालयमा अध्ययनरत बिद्यार्थी शिक्षक, शिक्षिकाले बिद्यालय प्रङ्गाणबाट बातावरण सम्बन्धि विभिन्न सचेतनामुलक प्ले कार्डहरू सहित प्रभावकारी -याली बजार परिक्रमा गरि काेर्णसभामा परिणत भएको थियो । बिद्यालयकाे प्राङ्गणमा वृक्षरोपण समेत गरिएको छ। साथै काेर्णसभालाई सम्बाेधन गर्दै कक्षा ८मा अध्ययनरत छात्रा देवीका चौधरी ,भावना थारू विवेक सुनार लगाएत आ आफ्ना भनाइ सहित वातावरण संरक्षण गर्नुपर्नेमा जाेड दिएका थिए। नेपाल स्काउट भेलाईका छात्र समूहका अमन अधिकारी र छात्रा समूहका लिडर विविशाकाे नेतृत्वमा भएको कार्यक्रम बिद्यालयका प्रधानध्यापक डम्मरसिंह सुनारकाे अध्यक्षता ,प्रबन्ध निर्देशका बिष्ण खडकाकाे प्रमुख आतिथ्यता राजेन्द्र कुँवरकाे बिशिस्ट अतिथि र शिक्षिका सीता पंन्थीकाे सञ्चालनमा सम्पन्न भएको बिद्यालयले जनाएको छ।