पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । १० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेका छन्।
दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न भएको छ ।