समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला समिति बैठक सम्पन्न भएको छ । आइतबार सन्धिखर्कमा भएको जिल्ला समिति बैठकमा उपस्थित सदस्यहरुले संगठनको गतिविधिको बारेमा रिपोर्टिङ सँगै आगामी दिनमा सिर्जनात्मक काम गर्दै सशक्त रुपमा अघि बढ्ने निर्णय गरिएको समाजवादी प्रेस संगठन अर्घाखाँचीले जनाएको छ ।
बैठकले आगामी जेठ २६ र २७ गते काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट समेत गरेको छ । जिल्लाको प्रतिनिधित्व गर्दै अर्घाखाँचीबाट ५ जना प्रतिनिधिको सहभागीता रहने संगठनले जनाएको छ ।
बैठक समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियारको अध्यक्षता र सचिव नवीन विकको संचालनमा सम्पन्न भएको थियोे ।