About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की

।। बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२८ जेठ । ग्रामिण पत्रकार समूह बराहक्षेत्रले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको बन्दसत्रले हिरण्य कार्कीको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भिषण राईले जनाए । अध्यक्ष कार्कीसँगै उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ (अर्जुन), सचिवमा सुबिन विश्वकर्मा, सहसचिवमा सुदन गुरागाईं, कोषाध्यक्षमा गंगाकुमारी भट्टराई रहेका छन् भने सदस्यहरुमा सिर्जना थापा र राजन घिमिरे छन् ।

समितिले केही समय अगाडि नै चौथो साधारणसभा सम्पन्न गरिसकेको भएपनि नयाँ कार्यसमिति चयन प्रक्रिया भने कारणबश आज (बुधबार) चक्रघट्टिमा भएको हो । कार्यक्रममा ग्रामिण पत्रकार समुहका संस्थापक अध्यक्ष एबम् नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्की, संस्थापक सचिव अच्युत भट्टराई, मिडिया नेपाल कोशी प्रदेशका अध्यक्ष बिजय राउत लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ महासंघका केन्द्रिय सदस्य भिषण राईको संयोजकत्वमा नवराज बिष्ट र छबिना मगर सदस्य रहनेगरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समिति संयोजक भिषण राईका अनुसार नयाँ कार्यसमिति राजनीतिक आस्थाको दृष्टिकोणबाट र समानुपातिक समावेशीताको दृष्टिकोण दुबैबाट ‘पर्फेक्ट’ रहेको छ ।

ग्रामिण क्षेत्रका पत्रकारहरुको छाता संगठनको रूपमा कार्यरत यस् संस्थाले पत्रकारको हकहितमा आवाज बुलन्द गर्दै आएको छ । जसअन्तर्गत ३० बढी सदस्यहरु छन् भने त्यसभित्र पनि १७ जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com