About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बिजय नगरमा साइकल बितरण

दुर्गा प्रसाद काफ्ले बुधबार, जेठ १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

१७ जेठ । कपिलवस्तु जिल्ला बिजय नगर गाउँपालिकाले पालिका भित्रका विद्यालय उमेर समुहका छात्राहरुलाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मंगलबार २ सय ८० जना छात्राहरुलाई एक एक थान साइकल वितरण गरेको हो।

गणतन्त्र दिवसको अवसरमा छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरि शिक्षामा जोड दिएको जनाएको छ । आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको गाउँपालिकाले बताएको छ ।प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।

गाउँपालिकाले २ सय ८० जना छात्रालाई साइकल र ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको हो । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ का विद्यार्थीलाई झोला, एकएक दर्जन कपी, कलम प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले यस विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्ना दर बढेको बताउँदै विद्यार्थीहरुमा पढ्ने उत्साह समेत बढेको र अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको बताए । अभिभावकले छोरीलाई पढाउनु पर्छ भन्ने सोँचमा परिवर्तन आएको बताउँदै शिक्षामा यस अभियानले टेवा पुगेको अध्यक्ष थापाले दावी गरे ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com