About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
वडा अध्यक्ष सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि बुटवललाइ

दर्पण पोस्ट बुधबार, जेठ १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह, १७ जेठ । रुपन्देहीको देवदह १० भलुहीमा भएको वडा अध्यक्ष सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि बुटवलओ फुलबारी एफसीले हात पारेको छ ।

मंगलबार भएको बुटवल फुलबारी एफसी र देवदह खैरेनी सिद्धार्थ एफसी विच भएको फाइनल खेलमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसके पछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सिद्धार्थ एफसीलाई बुटवल फुलबारीले १ को विरुद्ध ३ गोल गरि बुटवल विजयी भएको हो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एक बहादुर सुनारले खेल मानिसको लागि अति आवश्यक रहेको हुदा आगामी दिनहरुमा पनि यस्ता खेल हुनु पर्ने बताए। आगामी आर्थिक वर्षमा पनि वजेट विनियोजित गर्ने वडा अध्यक्षले जोड दिनु भयो । सोहि कार्यक्रममा फुटवल मात्र होइन भलिबल व्याटमिन्टन लगायतका खेलमा विशेष जोडका साथ बजेट विनियोजित गर्ने प्रमुख अतिथि समेत रहेका सुनारले बताउनु भयो । देवदह नगरपालिका वडा नम्बर १० ले आर्थिक वर्ष ७९, ८० को विनियोजित रकम २ लाख रुपैया बुद्ध स्पोर्ट क्लवलाई खेलको लागि बजेट विनियोजित गरेको थियो । सोही खेलमा १९ टिमको सहभागि रहेको थियो ।

प्रथम हुनेले नगत ५० हजार र दोस्रो हुनेले ३० हजार रकम पुरस्कार पाएका थिए । अध्यक्ष दुध बहादुर पुन र संयोजक केशव पराजुलीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com