About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
स्ववियु कोषको रकम हिनामिना भएको भन्दै क्याम्पस प्रशासनलाई विज्ञप्ति

darpanpost आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा, ३१ बैशाख । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषको रकम हिनामिना भएको भन्दै स्ववियुले क्याम्पस प्रशासनलाई विज्ञप्ति बुझाएको छ । आइतबार स्ववियुका अध्यक्ष कृष्ण अर्याल र सचिव तारा बहादुर रायमाझीको हस्ताक्षरित विज्ञप्तिमा तत्काल स्ववियु रकम तथा प्रयाप्त सूचना सार्बजनिक गर्न र नगरे कडा कदम चाल्ने चेतावनी दिदै विज्ञप्ति बुझाएको हो ।

पूरा पढ्नुहोस् विज्ञप्ति..

श्रीमान् क्याम्पस प्रमुख ज्यू
त्रिभुवन बहुमुखी क्याम्पस
तानसेन, पाल्पा
मिति: २०८०/०१/३१
बिज्ञप्ति
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हकहित अधिकार साथै क्याम्पसको शैक्षिक गुणस्तरका लागि निरन्तर प्रयत्नशील रहदै आएको छ । लाखौं विद्यार्थीको त्याग , मिहिनेत र बलिदानपुर्ण संघर्ष , विद्यार्थी आन्दोलनको लामो इतिहास रहेको बैधानिक निर्वाचित संस्था हो । विकृति, विसंगति ,जनताका जनजीविका ,राष्ट्रियताको सवालमा लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ ।
यसै सन्दर्भमा त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन नयाँ समिति आएको करिब ३ महिना हुन लागेको छ । स्ववियु शुल्क शीर्षकमा प्रत्येक विद्यार्थी बाट उठाउदै आएको रकम अझैसम्म सार्बजनिक भएको छैन । धेरै पटक मौखिक र २ पटक लिखित रूपमा सार्बजनिक गर्न अनुरोध गरेपनि २०६५ पछिको ठुलो रकम प्रयोग भएको र केही रकम मात्रै रहेको भन्ने आएको छ । स्ववियु कोषको रकम अन्य शीर्षकमा प्रयोग गर्नु नितिगत भ्रष्टाचार हो । सूचना समेत गोप्य राखी खर्च भएको विवरण सार्बजनिक नगर्नु भित्री चलखेल भएको महसुस भएको छ । तत्काल स्ववियु रकम तथा प्रयाप्त सूचना सार्बजनिक गर्न अनुरोध गर्दछौं । अन्यथा कडा कदम चाल्ने चेतावनी दिन चाहन्छौं ।
बोधार्थ :
क्याम्पस प्रशासन
पुर्व स्ववियु समिति
विद्यार्थी संघ संगठनहरु
विभिन्न संकाय प्रमुखहरुस्ववियु कोषको रकम हिनामिना भएको भन्दै क्याम्पस प्रशासनलाई विज्ञप्ति

 

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com