About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
नक्कली महसहित ७ जना प्रहरीको नियन्त्रणमा

Darpanpost आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले, ३१ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरबाट ठूलो परिमाणमा नक्कली महसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ चेकजाँचको क्रममा बुद्धनगरका विभिन्न घरमा डेरा गरी बस्ने भारतीय नागरिकहरुलाई नक्कली महसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

वडा नम्बर ११ का वडा सदस्य नहकुलशाही तथा प्रहरी विट देविनगरको टोलीले लागुऔषध नियन्त्रणका लागि गरेको अनुगमन तथा गस्तीका क्रममा अवैध रुपमा नक्कली मह उत्पादन गरी विक्रि गर्ने गरेको भेटेपछि खान तलासी गर्ने क्रममा ४ क्वीन्टल बढी नक्कली मह फेला परेको थियो ।

आइतबार विहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगर स्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ भने सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा विर बहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह वरामद भएको हो । उनीहरुको घरमा भारतीय नागरिकहरु भाडामा बसेर मह उत्पादन गर्दै आएका थिए । प्रहरीले खानतालसी गर्ने सूचना पाएपछि शनिबार राती नै घरमा ताला लगाएर नक्कली मह बनाउने भारतीय नागरिकहरु फरार रहेको देविनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए ।

सिर्जना नगरका ७ वटा घरबाट नक्कली मह बरामद गरिएको हो । बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार पारी विक्रि गरिएको हुन सक्ने आशंका गर्दै वडा सदस्य शाहीले थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई आग्रह गरे ।

उनीहरुले मौरीका सडेगलेका चाकालाई चिनिपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको वडा सस्य शाहीले बताए । ‘सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिर समेत बजारमा पुर्याएर प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियो” शाहीले भने ।

बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट कगरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com