दाङ, ३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का सचिब चक्रपाणि खनाल(बलदेव)ले संघीयताको सवालमा एमालेसंग लडाइँ पहिले देखी नै जारी रहेको बताउनु भएको छ । एमाले गणतन्त्र , संघीयता , समाबेशिता, धर्मनिरपेक्षताको पक्षमा नरहेको बताउनु हुँदै उहाँले बाध्य भएर एमाले माओवादी केन्द्रको नितिमा आएको बताउनु भयो । जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको सनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनु भएका नेता खनालले राजनीति परिवर्तनलाई संस्थागत गर्न पनि परिवर्तनकारी शक्ति जबर्जस्त अगाडि आउनु पर्ने बताउनु भयो । भ्रष्टाचार अन्त्य माओवादी बाहेक अरुले गर्न नसक्ने दाबि गर्दै उहाँले भ्रष्टाचारको निर्मुलको लागी सबैको सहयोग आवस्यक रहेको पनि बताउनु भयो ।
पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादन सम्बन्धले पारेको प्रभावमा पार्टीलाई कसरी स्थापित गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताउनु भयो । उहाँले सरकार र प्रतिनिधिले गर्ने कामको जनताले पनि मुल्यांकन गरिरहेको बताउनु हुँदै जनपक्षीय काम गर्न सुझाव दिनु भयो । सल्लाहकार समितिका अध्यक्ष नर बहादुर अधिकारीले पार्टीको निति कार्यक्रमलाई जनस्तर सम्म पुर्याउन बौद्धिक बर्ग सल्लाहकारहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले सोहि अनुसार जनतामा जानु पर्नेमा जोड दिनु भयो ।