About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
बजारको हल्लाले अनुसन्धान प्रभावित हुनु हुदैन : गगन थापा

Darpanpost बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२७ बैशाख । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको हो ।

उहाँले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गर्नुभयो । महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नक्कली भूटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ कि सरकारले यसलाई कसरी डिल गर्छ, यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री, गृहमन्त्रीलाई यो सन्दर्भमा मेरो तर्फबाट हार्दिक बधाई छ । यसमा हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस् । जुनसुकै दलको होस् । जुनसुकै तहको होस् । ओहोदाको होस् । कारबाहीको दायरामा ऊ आउनैपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । तर कुनै भेटघाटले पनि प्रभावित नहोस् । कुनै दबाबले प्रभावित नहोस् । कुनै प्रभावले कहीँबाट प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्रि र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि, नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडी उसले सुशासनको नारा लगाउन सक्छ । तपाईको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खालि हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्रि र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’

महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्ने खालको हुनुपर्ने पनि बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com