About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
आगामी बजेटले मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्छ : महत

Darpanpost बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२७ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताउनुभएको हो ।

महतले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताउनु भयो । उहाँले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनु भयो। उहाँले गलत विकास मोडलको अभ्यास गर्दा  विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताउनु भयो।  उहाँले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताउनु भएको थियो ।

उहाँले भन्नुभो,‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं । नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं । हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भनेको बुझियो । जसले अहिले हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस । मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला ।’

उहाँले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताउनु भयो । महतले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाउनु भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com