२७ बैशाख । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले पुँजीबजारलाई हेर्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध आएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले सरकारले पुँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पुँजीबजार लगानीकर्ताको ठूलो पुँजी गुमेको बताउनु भयो । उहाँले खुला अर्थ व्यवस्थामा सर्वसाधरणहरुसँग छरिएर बसेको सानो रकम जम्मा परेर ठूलो पुँजी निर्माण गर्ने र ठूला व्यवसायी कम्पनीहरुको नाफा जनतामा वितरण गर्ने प्रमुख माध्यम पुँजीबजार भएको बताउनु भयो । उहाँले पुँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पुँजी एकीकृत गरी ठूला परियोजना बनाउन सकिने बताउनु भयो । उहाँले पुँजीको प्राप्त विकल्पमा अन्टरनेट स्रोत फण्डको स्थापना गर्नु महत्वपूर्ण चुनौति रहेको बताउनु भयो। उहाँले सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तिब्र बनाउन नसकिने बताउनु भयो। सांसद चौधरीले आर्थिक मन्दीका कारण राजश्व संकलन चुनौति बनेको बताउनु भयो । उहाँले वैशाख २५ सम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्र संकलन भएको भन्दै जीडिपीमा राजश्वको अनुपात २० प्रतिशत पुगेको बताउनु भयो । सांसद चौधरीले जीडीपीको तुलनामा सबैभन्दा उच्च अनुपातमा राजश्व उठाउने नेपालको संकलन एवं चुहावट पनि त्यत्तिकै गम्भीर रहेको बताउनु भयो । उहाँले कर प्रणालीलाई प्राविधिक रुपमा आधुनिक,टेक्नोलोजीमा आधारित बनाउनसके राजश्व संकलन बढ्ने मात्रै नभइ चुहावट रोक्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘आर्थिक मन्दिका कारण राजश्व संकलन चुनौति बनेको छ । वैशाख २५ गतेसम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । नेपालको जिडिपीमा राजश्वको अनुपात २० प्रतिशत पुगेको छ । भारतमा यसको अनुपात १२ प्रतिशत र बंगलादेशमा ७ प्रतिशत मात्रै रहेको छ । तर नेपालमा राजश्व उठाउने संकलनमा चुहावट पनि गम्भिर रहेको छ । कर प्रणालीलाई प्राविधिक रुपमा आधुनिक,टेक्नोलोजीमा आधारित बनाई स्पष्ट घोषित आधारभुत सिद्धान्त,अन्तर्राष्ट्रिय मान्यता अनुरुप नीतिहरु सक्षम बनाउन सकियो भने राजश्व संकलन बढाउने मात्रै नभएर चुहावट रोक्न सकिन्छ । खुला अर्थ व्यवस्थामा सर्वसाधरणहरुसँग छरिएर बसेको सानो रकम जम्मा परेर ठूलो पुँजी निर्माण गर्ने ठूला व्यवसायी कम्पनीहरुको नाफा जनतामा वितरण गर्ने पुँजीबजार हो । पुँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पुँजी एकिकृत गरी ठूला परियोजना बनाउन सकिन्छ । तर राज्यसँग पुँजीबजारलाई हेर्ने स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध भएको छ । बजारले ठूलो पूजी गुमाएको छ । पुँजी ठप्प छ । पुँजीमा प्राप्त विकल्पमा अन्टरनेट स्रोत फण्डको स्थापना गर्नु अहिलेको अत्यन्तै महत्वपूर्ण चुनौति हो । सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तिब्र बनाउन गाह्रो देखिन्छ ।’
सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नुपर्ने बताउनु भयो । उहाँले २०४८ पछि आर्थिक उदारीकरण नीतिको प्रतिफल दूरसञ्चार, बैंक वित्तीय संस्था हस्पिटालिटी, यतायात तथा हवाइ उड्डयन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनु भयो। उहाँले २०४८ पछिको नीतिले नयाँ क्षेत्रहरु विकास भएको भएपनि त्यसपछि दोस्रो चरणको सुधार अघि बढाउन नसकिएको दाबी गर्नुभयो । उहाँले २०४८ पछि आर्थिक उदारीकरण नीतिले कूल गार्हस्थ्य उत्पादनको झण्डै ३५ प्रतिशत हिस्सा ओगट्ने नयाँ क्षेत्रहरु विकास भएको बताउनु भयो। उहाँले विश्व अर्थतन्त्रको दिशा यसबीचमा यू टर्न भएको बताउनु भयो । सांसद चौधरीले सूचना प्रविधिमा आधारित व्यवसायहरु अर्थतन्त्रको अघिल्लो पंक्तिमा अभिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको आर्थिक सुधार दोस्रो पुस्ताको सुधारको गन्तव्य बन्न सक्नुपर्छ । २०४८ सालपछि आर्थिक उदारीकरण मार्फत शुरु गरिएको सुधारले आज मुलुकको निजी क्षेत्रको संस्थागत विकास हुन सकेको हो । सोही नीतिको प्रतिफल स्वरुप आज मुलुकमा दूर सञ्चार बैंक वित्तीय क्षेत्र,होटल,यातायात तथा हवाई उडान,सूचना प्रविधि,शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको थियो । यो नीतिले कुलगार्हस्थ्य उत्पादनको ३५ प्रतिशत हिंसा नयाँ क्षेत्रहरु विकास भएका थिए । हामीले दोस्रो चरणको सुधारलाई अगाडि बढाउन सकेन । विश्व अर्थतन्त्रको देश नै यो अवधिमा यू टर्न भएको छ । सूचना प्रविधिमा आधिरित व्यवसायहरु अर्थतन्त्रको अघिल्लो पङ्तिमा उभिएका छन् । आजको दुनियाँ डिजिटलको कारणले प्रारम्भ भएका स्टार्टअप कथाहरुका छन् । गुगल र फेसबुक जस्ता कम्पनीहरु यही रेबुलेसुनका नतिजा हुन् । डिजिटल रुपान्तरणले कुनै भौगोलिक सीमा चिन्दैन ।’
उहाँले वर्तमान दुनियाँ डिजिटल वल्र्डका कारणले नव प्रवर्तनमा अघि बढेको भन्दै फेसबुक, ह्वाट्सअप जस्ता कम्पनी यही क्रान्तिका कारण अग्रणी स्थानमा आएको बताउनु भयो । उहाँले डिजिटल रुपान्तरणले कुनै भौगोलिक सीमालाई नचिन्ने बताउनु भएको थियो ।