About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
देशभक्त चलचित्र निर्माणको विरुद्धमा राज्य बिरोधमा उत्रियो : खड्का

Darpanpost मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२६ बैशाख । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै बिरोधमा उत्रिएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाउनु भएको हो ।

उहाँले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताउनु भयो । उहाँले देशभक्त चलचित्रलाई राज्य सत्ता नै लागेर खेदेको बताउनु भयो । उहाँले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजानय भोग्न आफू तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही संवाद र दृश्य काट्नुस् भनेको छ, फिल्ममा कसैलाई असर गर्दैन, जनतामा यो पुग्न दिनुस् भनेको छु, जस्ताकाके त्यस्तै चलचित्र प्रदर्शन गर्न दिनुस् भनेको छु, मान्नुभएन भने न्यायकोक लागि अदालत जाने सुविधा छ । जनताको चलचित्रलाई देशभक्त चलचित्रलाई खेदेको खेदै गर्ने, तनाव मात्रै दिने, संवेदनशील फिल्म नबनुन् भन्ने लाग्छ कि के हो , माया गर्ने मानिस नहुन् भन्ने लाग्छ भने केही भन्नु छैन, स्टारहरु राख्छु भनेर अफर गर्दा कोही पनि स्टारहरु चाहनुभएन । यो मुलुकको भाग्य र भविष्य बनाउन चलचित्र क्षेत्रमा लागेका मानिसको पनि हुन्छ भनेर फिल्म बनाउँदा मलाई पेल्दै जाने जहिल्यै पनि राज्यले हो भने मलाई सिध्याउने नै हो भने बरु मलाई मारिदेउ, म मर्न तयार छु, मैले गलत काम गरेँ भने जेलमा हाल्नुस् तर किन देशभक्त चलचित्र किन खेद्ने ? देशका लागि गर्छु भन्दा यस्तो हुन्छ भने नेताहरुबाट के अपेक्षा राख्ने, नयाँ पुराना नेताहरुलाई बोलाएँ तर देशभक्त चलचित्रको बारेमा बोल्न हिच्किचाउनु भयो ।’

अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरु नै हिच्किचाएको आरोप लगाउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com