About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
वडाकाे पहलमा नि:शुल्क बस सेवा सञ्चालन

दुर्गा प्रसाद काफ्ले मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा कपिलवस्तु । २६ बैशाख, मंगलवार । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न.५ का अध्यक्ष दुनिका प्रसाद भुषालकाे पहलमा बाणगंगाबासीले भैरहवा मेडिकल कलेजकाे नि:शुल्क बस सेवाको सुबिधा पाउने भएपछि हर्षित भएका छन् । मंगलबार एक कार्यक्रमका बिच उक्त सेवाकाे समुदघाटन गरिएको छ।

काेपवामा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष भुषालले वडा र नगरवासीहरूकाे सुबिधाका लागि लामो प्रयासबाट बस सेवा शुरू गरिएको बताएका थिए । साथै उनले आफ्नाे लक्ष्य भने कै स्वास्थ्य ,शिक्षामा सुधार ल्याउने भएको हुदा काेपवा स्वास्थ्य चौकीमा समेत धेरै सुविधा थप भएको र बिरामीको बिश्वास समेत बढेकाे बताए । उनलेे बिरामीहरूलाई औंषधी लगाएतक विभिन्न सेवा सुबिधा सहज गरिदिन समेत मेडिकल कलेजका प्रतिनिधि संग माग गरेका थिए ।

साेही क्रममा राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष एवं समाजसेवी दधिराम आचार्य ने.क.पा.माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु बेलबासे ,नेकपा.एमालेका बाबुराम अर्याल लगाएतले साे सेवाको प्रशंसा गर्दै पिपरा अस्पतालबाट रिफर सुबिधा अव्यवहारिक भएको भन्दै अस्पतालमा आकस्मिक भर्ना ,चेकजाँच हुने बिरामीहरूका लागि रिफर सेवा सहज हुनुपर्नेमा जाेड दिएका थिए ।

साे अवसरमा बाणगंगा नगरपालिका का स्वास्थ्य सेवा प्रमुख ठगराज पौडेल ,नेपाल पत्रकार महासंघका काेषाध्यक्ष माेहन बेलबासे ,स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतले मन्त्व्य ब्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष समेत रहेका मेडिकल कलेजका प्रशासन प्रमुख तेज कुमार के.सी. ले वडाध्यक्ष लगाएत यस् क्षेत्रका व्यक्तिहरूकाे पटकपटकको प्रयासपछि मंगलबार बिहान ८.३०मा काेपवा ४न.जितपुर हुदै जाने गरि बस छुटने बताए । त्यस्तै बस लबनि,पकडि,पचेहरा जहदी हुदै काेपवा आउने जानकारी गराएका थिए कार्यक्रम वडा सदस्य ज्ञानु कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com