About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
कपिलवस्तुको कृष्णनगरमा लागुऔषधसहित दुई जना पक्राउ

Darpanpost मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर, कपिलवस्तु । बैशाख २६ । ईलाका प्रहरि कार्यालय कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ जाँदै गरेका शंकास्पद व्यक्तिलाइ चरेस सहित पक्राउ गरेको हो ।

धादिङ जिल्लाको साबिक खनियाबास गा.बि.स. वडा नं. ५ का ४९ वर्षिया संगिता तामाङ र जिल्ला धादिङ सत्यवती गा.वि.स. वडा नं. १ का ५९ बर्षिय सेती तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुका साथबाट प्रहरीले लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ बरामद गरेको छ । प्रहरीले उक्त वस्तुको तौल १० के.जि. भएको जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिनु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com